इनरुवा । बिनिता दाहाल समाजसेवाको क्षेत्रमा एक परिचीत नाम हो । धेरै महिलाहरुलाइ संघ संस्थाको माध्यमबाट आत्मनिर्भर बनाउन सफल भएकी दाहाल नेपाली कांग्रेस इनरुवाकी उपसभापती हुन् । बिभिन्न संघ सस्थामा सक्रिय दाहाल लामो समयदेखी समाजसेवामा निरन्तर लागिरहेकी छिन् ।स्थानीयको मन मुटुमा बस्न सफल बिनिता महिला दिदि बहिनिहरुका उत्थानका निम्ती निरन्तर संघर्ष गरीरहेकी छिन् । त्यसबाहेक उनी एक कुशल राजनितीज्ञ पनी हुन् ।
२० बर्षको कलिलो उमेर देखिनै राजनिती शुरु गरेकी उनी इनरुवा नेपाली कांग्रेस महिला बिभाग प्रमुख भएर काम गरीरहेकी छिन् । असल राजनिती संस्कारलाइ अबलम्बन गरेकी उनी राजनितीको माध्यमबाट समाज स्वच्छ, सालिन र मिजासिलो स्वाभका उनी सबै उमेर र क्षेत्रका मानिससँग छिट्टै घुमिल हुनसक्ने नेतृ हुन् । उनी सामाजिक विषय वस्तुलाई छिट्टो बुझ्न सक्ने र समय सापेक्ष निर्णय गर्न सक्ने नेतृको रुपमा पनि स्थापित छन् । र देशलाइ परिवर्तन गर्न सकिने बताउँछिन् । लामो समय समाजसेवामा सक्रिय भएर काम गरेकै कारण आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इनरुवा नगरपालिकाको उपप्रमुखमा बिनिता दाहालको नाम चर्चामा आउन थालेको छ ।

दाहाल इनरु वा नगरपालिकानमा स्थापित र सबैले रुचाएकी महिला नेतृ भएकै कारण उनी उपप्रमुखको बलियो उमेद्वार हुन् । स्वच्छ, सालिन र मिजासिलो स्वभावकि उनी सबै उमेर र क्षेत्रका मानिससँग छिट्टै घुमिल हुनसक्ने नेतृ हुन् । उनी सामाजिक विषय वस्तुलाई छिट्टो बुझ्न सक्ने र समय सापेक्ष निर्णय गर्न सक्ने नेतृको रुपमा पनि स्थापित छन् । पार्टिले आफुलाइ सक्षम ठानेको खण्डमा उपप्रमुखमा आफ्नो उम्मेद्वारी रहने उपसभापति दाहाल बताउछिन् । राजनितीको माध्यमबाट फराकिलो भएर सामाजिक काम गर्दै इनरुवा र यहाँका स्थानीयलाइ थप उचाइका पुर्याउने उनको भनाइ छ ।








