लौकही । सशस्त्र प्रहरी बल बिओपी लौकहीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर ) अरुण पाण्डेलाई सम्मानसहितलाई विदाई गरिएको छ । २१ महिनादेखि बिओपी लौकहीमा कार्यरत उनलाई स्थानीयवासीले सम्मानपत्रसहित बिहीबार विदाई गरेको हो ।

बिदाई कार्यक्रममा स्थानीय युवाहरूको समूहले मायाको चिनो समेत इन्स्पेक्टर पाण्डेलाई प्रदान गरेको थियो । विदाई कार्यक्रममा आफ्नो मन्तव्य राख्दै इन्स्पेक्टर पाण्डेले स्थानीय जनप्रतिनिधि,सर्वसाधारणलगायत सबैको साथ र सहयोगमा उपलब्धिमूलक कार्यकाल सम्पन्न गरेको बताएका थिए । मातहतका हाकिमको निर्देशनअनुसार कार्य गर्दै आफ्नो २१ महिने कार्यकालमा लागूऔषधसहित ३१ जना पक्राउ गर्नुका साथै ५० लाख बढीको राजस्व संकलन गर्न सफल भएको उनको भनाइ छ । स्वागत तथा विदाई कार्यक्रममा मन्तव्य राख्दै वक्ताहरुले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा इन्स्पेक्टर पाण्डेलाई बधाई दिँदै भावी कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको थियो ।

यसैबीच सोही कार्यक्रममा सशस्त्र प्रहरी बल बिओपी लौकहीको कार्यभार सम्हाल्न आइपुगेका इन्स्पेक्टर टेकेन्द्र कार्कीलाई स्वागत गरिएको छ । विदाई तथा स्वागत कार्यक्रममा जनता समाजवादी पार्टीका नेता देवकृष्ण यादव उर्फ गोवर्धन, बिओपी भण्टाबारीका इन्स्पेक्टर भुवन खड्का,स्थानीय साजन पाठक,रोशन यादव,चन्दन साह, संचारकर्मी मुस्ताक आलम, पवन रौनियार,दिपेन्द्र यादवलगायतको उपस्थिति रहेको थियो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...







