ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

भोक्राहा नरसिंह अध्यक्षमा मन्सुरी किन ?

आवर कोशी by आवर कोशी
चैत्र २६, २०७८
पराजित उम्मेदवारलाई समेट्दै क्षेत्रीय कार्यसमिति विस्तार
107
SHARES
Share on FacebookShare on Twitter

भोक्राहा । आउँदो स्थानीय तह निर्वाचनमा भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काङ्ग्रेसको तर्फबाट हाजी डाक्टर इसराईल मन्सुरी बलियो दाबेदारका रूपमा देखिएका छन् । गत स्थानीय तहको निर्वाचनमा एकल प्रयासमा लोकप्रिय मतप्राप्त गरेका उनले यसपटक अध्यक्षमा काङ्ग्रेसको तर्फबाट आफूले स्वभाविक रूपमा टिकट पाउनुपर्ने जोड दिएका छन् । आफू ग्राउन्ड जिरोमा जनतासामु गएर उनीहरूको सुखदुःखमा सधैं साथ दिदै आएकाले भोक्रहा नरसिंह गाउँपालीकाको अध्यक्षमा अर्को विकल्प नभएको डाक्टर इसराइलको कथन छ ।

‘युवाहरु बीच एकले टिकट पाउँदा, अर्काले असहयोग गर्ने प्रवृत्ति हावी देखिन्छ उनले भने त्यसैले सबैलाई मिलाएर लानसक्ने सबैका समस्या बुझ्दै समस्या समाधान गर्ने विकल्पका रूपमा मलाई जनताले अघि सारेका छन् ।’ वर्षौंदेखि सक्रिय राजनीतिमा लाग्दैगर्दा दाह्रीजुँगा फुलीसके,त्यसैले यसपटक मेरो पार्टीको योगदान र जनताको आवाज सुनेर आफूले टिकट पाउनुपर्छ मन्सुरीले भने । आफू जनताको मर्म र भावना बुझ्ने पार्टीको साझा उम्मेदवार भएको दाबी गर्दै उनले भने ‘ कुनै गुटउपगुटमा विश्वास गर्दिन, म गाउँपालिका अध्यक्ष पदमा योग्य छु, सबैले मतदान गर्नुहुन्छ भन्ने लाग्छ,‘पार्टीमा विभिन्न समूहका नाममा देखिएको आपसी द्धन्द्धले कसैलाई फाइदा गर्दैन, गाउँपालिका हाँक्न सक्छु भन्ने विश्वास गरेरै जनताले मलाई अघि सारेका छन् र त्यसको लागि आफू तयार समेत छु ।’

मन्सुरी राजनीतिक मात्र नभई सामाजिक व्यक्तित्व समेत हुन । उनले पार्टीका लागि त जस्तोसुकै भूमिका पनि खेलेका छन् तर त्योभन्दा बढी उनी सामाजिक रुपमा सक्रिय छन् । जहाँ बसेर काम गरे पनि आफू सफल भएको बताउने उनी भन्छन् ‘मैले आजसम्म कसैलाई पनि घाटा हुने काम गरेको छैन।` अघिल्लो निर्वाचनमा समेत टिकट वितरण गर्ने वेलामा आफूप्रति षड्यन्त्र भएको बताउदै मन्सुरीले भने त्यसैले त्यतिबेला अरुले टिकट पाएपनि निर्वाचन जित्न सकेनन् । ‘मलाई मेरो व्यक्तित्व देखेर आरिस गर्नेहरु धेरै छन्, खुट्टा तान्ने प्रवृत्तिले मलाई पनि अफ्ट्यारोमा पारेको छ उनले अगाडि थप्दै भने ‘अहिले मैले भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिइरहँदा पनि धेरै मान्छे अत्तालिएका छन्, मलाई हराउनुपर्छ भनेर लागेका छन् तर मलाई कुनै डर छैन किन जनता मेरो पक्षमा छन् ।` आफूले पार्टीमा र समाजमा गरेको योगदानको कदर हुनुपर्ने बताउदै मन्सुरीले आफू यसपटक पछि नहट्ने बताउँछन् ।

‘मेरो उम्मेदवारी परेपछि जित्छु भन्ने लागेर धेरै नेताले आफ्नो पक्षमा सर्वसम्मति गरौं भनिरहेका छन्, म निर्वाचित नै भएर आउँछु भनेको छु’ उनले थपे ‘ मेरो नेतृत्वमा काङ्ग्रेस आएपछि पार्टीलाई कस्तो बनाउनुपर्छ भन्ने मलाई थाहा छ। उदाहरणीय काङ्ग्रेस बनाउने मेरो योजनामा कसैले पनि बाधा खडा नगरोस् उनले सबैमा अपिल गर्दै भने । आफूले पार्टीमा देखिएको आन्तरिक द्धन्द्ध मिलाउने, पार्टीलाई सबैको साझा हो भनेर एकताको भावनाको विकास गर्ने, पार्टीलाई देश विकास र सामाजिक कार्यमा सक्रिय गराउने, पार्टीप्रति आकर्षण ल्याउने लगायतका योजना उनले अघि सारेका छन् ।काङ्ग्रेस जनताको माझमा लोकप्रिय पार्टी भएपनि नेतृत्वले कहिलेकाहीँ गरेका गलत गतिविधिको विषयमा उनलाई चिन्ता छ । हिजो प्रमुख प्रतिपक्षीको रुपमा गाउँपालिकामा रहँदा पार्टीले प्रभावकारी भूमिका खेल्न नसकेकोमा समेत मन्सुरीको गुनासो छ ।

मेरो पक्षमा जनता काङ्ग्रेसलाई मतदान गर्न जनता तयार छन् तर काङ्ग्रेस एजेण्डाविहीन भयो भन्ने धेरैको मकहाँ आइरहेका छन् उनले भने त्यसैले विगतका कमजोरीलाई सच्याएर पार्टी अघि बढ्नुपर्छ।’ काँग्रेस पुरानो र ऐतिहासिक पार्टी भएकाले जनाधार बलियो छ, यसलाई व्यवस्थितमात्र गर्नुपर्नेमा उनको जोड छ । झण्डै दुई तिहाई ल्याएको नेकपाबाट जनता वाक्कदिक्क भइसकेकाले काँग्रेसको विकल्प अरु नभएको उनी बताउँछन् । काङ्ग्रेस सही ट्रयाकमा ल्याउन र जनतामाझ लोकप्रिय बनाउन पनि आफू नै गाउँपालिका अध्यक्षको टिकट पाउनुपर्ने मन्सुरीको भनाई छ । पार्टीलाई बलियो बनाउन र जनताको माझमा काङ्ग्रेस नै एकमात्र विकल्प हो भन्ने पुष्टि गर्न पनि आफू अध्यक्ष हुनुपर्ने उनले स्पष्ट पारेका छन् । युवा परिचालन गर्ने र जनतालाई आफ्नो विचारले प्रभाव पार्ने क्षमता मन्सुरीबाहेक अन्य उम्मेदवारसँग नभएको स्थानीय बताउँछन् । स्थानीय तहको निर्वाचनमा प्रभावकारी भूमिका खेल्दै पार्टीलाई जसरी पनि जिताउने अडान उनले यसपटक लिएका छन् ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.