लौकही । सुनसरीको कोसी गाउँपालिकामा मनोविमर्श तथा परामर्श केन्द्र सञ्चालनमा आएको छ । कोसी गाउँपालिका १ स्थित लौकहीमा कोसी गाउँपालिका र ओरेक नेपालको सहयोगमा शुक्रबारबाट मनोविमर्श तथा परामर्श केन्द्र सञ्चालनमा आएको हो ।
एक कार्यक्रका बीच कोसीका अध्यक्ष ऐयुव अंसारी र उपाध्यक्ष अनितादेवी यादवले संयुक्त रुपमा उदघाटन गरेपछि मनोविमर्श तथा परामर्श केन्द्र सञ्चालनमा आएको कोसीका समाजिक शाखा प्रमुख राजकिशोर मेहताले जानकारी दिनुभयो । केन्द्रबाट समाजमा हुने महिला हिंसाबाट पीडित भएकालाई उद्धार गर्नुका साथै कानुनी साहयाता र समाजमा पुर्नस्थापित गर्नका लागि सहयोग गर्ने बताइएको छ ।









