लौकही । सुनसरीको कोसी गाउँपालिका ३ मा रहेको राष्ट्रिय मावि सोभनपुरमा नव नर्मित भवनको उद्घाटन गरिएको छ ।जिल्ला समन्वय समिति सुनसरी, शिक्षा विकास तथा समन्वय ईकाइ र कोसी गाउँपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको ४ कोठे र ८ कोठे शैक्षिक भवनकोे उद्घाटन एक कार्यक्रमका बीच कोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारी र उपाध्यक्ष अनितादेवी यादवले शुक्रबार संयुक्त रुपमा गरेका हुन ।

४५ लाखको लागतमा ४ कोठे भवनको निर्माण सम्पन्न भएको छ भने ६५ लाखको लागतमा ८ कोठे भवनको निर्माण कार्य सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक हरिकृष्ण राउतले जानकारी दिए । भवन अभावका कारणले बालबालिकालाई अध्यनध्यापन गर्नका लागि कठिनाइ हुदै आएकोमा अब त्यो समस्याको समाधान भएको प्रधानाध्यापक उनको भनाइ छ ।

उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारी, उपाध्यक्ष अनितादेवी यादव, वडाध्यक्ष सुलेमान मन्सुरी,१ नम्बरका वडाध्यक्ष राजकुमार साह,बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमसुल मन्सुरी,समाजिक शाखा प्रमुख राजकिशोर मेहता, धर्मेन्द्र विश्वास, हजरत हुसेन, लगायतको सहभागीता रहेको थियो । यसैबीच भवन निर्माणका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै कोसी गाउँपालीकाका प्राविधिक प्रमुख रोशन शर्मा र प्राविधिक अलाउद्दिन अन्सारीलाई सम्मान गरिएको छ । उनीहरूलाई उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी,उपाध्यक्ष अनिता यादवलगायतले सम्मानपत्रसहित सम्मान गरेका थिए ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








