इनरुवा । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा भोक्राहा नरसिंह गाउँपालिकामा जनप्रतिनिधिको रुपमा आफूलाई अघि सार्दै आफ्नो नाम घोषणा गर्न थालेका छन् । नेपाली काँग्रेसबाट भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष पदका लागि आकंक्षी धेरै जना भएकाले सबैको नाम वडाबाट सिफारिस गरेर पालिकामा पठाएका छन् ।

पार्टीले कुनै औपचारिक रुपमा पालिका अध्यक्षमा कसलाई टिकट दिने भन्ने निर्णय अहिलेसम्म गरेको छैन । तर उम्मेदवारहरुले आफुलाई नै टिकट दिन्छ दावी गरिरहेका छन् ।सुनसरीको १२ वटै स्थानीय तह मध्ये एक हो भोक्राहा नरसिंह गाउँपालिका जुन अहिले राजनीतिकको केन्द्र विन्दुको रुपमा चिनिन्न थालेका छन् । नेपाली काँग्रेसबाट पालिका अध्यक्षका आकंक्षी रहेका डा. इसराईल मन्सुरीले आम भोक्राहा नरसिंहवासीको साथ समर्थन र सहयोग आफूलाई रहेकाले टिकट पाए आगामी पाँच वर्षमा आमूल परिवर्तन गर्ने बताए । मन्सुरीले निर्वाचनका लागि सम्पर्क कार्यालय समेत खोलेर प्रचार प्रसारमा व्यस्त रहेका छन् । समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।
यहाँको विकास र परिवर्तनले गति लिन नसक्नुमा नेतृत्वपंक्तिको ठूलो गल्ती रहको आरोपसमेत लगाएका छन् । नयाँ जोश, नयाँ सोच, नयाँ परिवर्तन र नयाँ निर्माणका लागि अध्यक्ष पदमा आफ्नो दावेदारी रहेको मन्सुरीले बताए । विगत पाँच वर्षमा भोक्राहा नरसिंह गाउँपालिकामा खासै कुनै प्रगति गर्न नसकेको बताउँदै शिक्षा, स्वास्थ्य, भौतिक निर्माण लगायत अधिकांश क्षेत्रको अवस्था अझै पनि जर्जर रहेको बताए ।मन्सुरीले काँग्रेसको नेतृत्व आवश्यक रहेकोले आफूलाई यसपालि सहयोग गर्न सबैसँग आग्रहसमेत गरे। समग्र विकासका लागि सबभन्दा पहिले पवित्र मन, दृढ संकल्प, अर्जुन दृष्टि र व्यवहारमा कार्यान्वयन गर्न इच्छाशक्ति अत्यन्त आवश्यक रहेको उनले बताए ।








