लौकही । आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कोशी गाउँपालीकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टी (जसपा) बाट तीनजनाले दाबी गरेका छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिएर लोकप्रिय मत ल्याएका देवकृष्ण उर्फ गोवर्धन यादव,भुपेन्द्र खेरवार र श्यामनारायण खेरवारको नाम अध्यक्ष पदको लागि सिफारिस गरिएको जसपाका स्थानीय युवा नेता ब्रहमदेव यादवले फेस्बुकमार्फत जानकारी गराए । आकांक्षी धेरै देखिएकाले उम्मेद्वारको अन्तिम टुङ्गो भने अहिले सम्म लाग्न सकेको छैन । जसपाबाट कोशीको अध्यक्षमा इनरुवाको देखिएका आकांक्षी मध्ये देवकृष्ण यादवको नाम बढी चर्चामा रहेको श्रोत दाबी छ ।


इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








