लौकही । आगामी वैशाख ३० गतेका लागि घोषणा भएको स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा चुनावी सरगर्मी बढ्न थालिसकेको छ । यहाँका सक्रिय राजनीतिक दलहरू आफ्नो पक्षमा जनमत जुटाउन कार्यकर्ता भेला, प्रशिक्षणलगायत कार्यक्रममा जुट्न थालिसकेका छन् । सोही क्रममा नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट कोसी गाउँपालीकाको अध्यक्ष पदको लागि निवर्तमान अध्यक्ष ऐयुब अन्सारीले उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति समेत रहेका अन्सारीले शुक्रबार गाउँपालीका अध्यक्ष पदबाट राजीनामा दिदै पार्टीले आफूलाई विश्वास गरेर पुनः टिकट दिएको अवस्थामा चुनाव लड्ने घोषणा गरेका छन् । नेपाली काङ्ग्रेस पार्टीमा आबद्ध भएर विद्यार्थी कालदेखि गाउँमै रहेर संगठन बिस्तार र समाजसेवामा उल्लेखनीय काम गरेका सभापति अन्सारी पुनः पालीका अध्यक्ष भएर काम गर्न चाहन्छन् । जनता माझ रहेर लामाे समय काम गरेका उनलाई धेरैले रूचाउने गर्छन् ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








