लौकही । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि विभिन्न पदका लागि कोसी गाउँपालीकामा ५४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । एक अध्यक्ष र एकजना उपाध्यक्षले स्वतन्त्रसहित गाउँपालीका अध्यक्ष पदका लागि नेकपा एकीकृत समाजवादी पार्टीको रामचन्द्र मटियैत र जनमत पार्टी नेपालको तर्फबाट दुर्गानन्द यादवलगायत ५४ जनाले अन्य विभिन्न पदको लागि उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत एकराज अधिकारीले जानकारी दिए ।

नेकपा एकीकृत समाजवादीको तर्फ कोसी गाउँपालीका अध्यक्ष पदका लागि रामचन्द्र मटियैत,उपाध्यक्ष पदका लागि आइएशा अंजुमले आइतबार उम्मेदवारी दर्ता गराएका छन् भने जनमत पार्टी नेपालको तर्फबाट अध्यक्ष पदका लागि दुर्गानन्द यादव र उपाध्यक्ष पदका लागि रिनाकुमारी उराँवले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । यसैगरी कोसी गाउँपालीका वडा नम्बर ५ को अध्यक्ष पदका लागि अशोक अली (वासिक ) ले उम्मेदवारी दर्ता गराएका छन् भने वडा नम्बर ८ को अध्यक्ष पदका विन्देश्वरप्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै जनमत पार्टी नेपालकोहि तर्फबाट १ नम्बर वडामा अध्यक्ष पदका लागि दिनेश साह, २ नम्बर वडामा अध्यक्ष पदका लागि सत्रुघन यादव, ३ नम्बर वडामा अध्यक्ष पदका लागि राजकुमार यादव, ५ नम्बर वडामा अध्यक्ष पदका लागि श्याम मण्डल,६ नम्बर वडामा अध्यक्ष पदका लागि अर्जुन साह,७ नम्बर वडामा अध्यक्ष पदका लागि अमिन मण्डल र ८ नम्बर वडामा अध्यक्ष पदका लागि शशि यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन कार्यालयका अनुसार आइतबार तीनजना गाउँपालीका अध्यक्ष,तीनजना उपाध्यक्ष,१० जना वडाध्यक्ष,१८ वडा सदस्य, नौ जना दलित महिला सदस्य र ११ जना महिला सदस्य गरी जम्मा ५४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।नेपाली काङ्ग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी नेपाललगायतकाले राजनीतिक दलहरुले सोमबार मनोनयन दर्ता गराउन तयारी गरेको छ भने आइतबार नेकपा एकीकृत समाजवादी,जनमत पार्टी नेपालसहित कोसीमा केही स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








