लौकही । नेकपा एमाले पार्टीको तर्फबाट कोसी गाउँपालीकाको अध्यक्ष पदको लागि अजय कुशियैतले उम्मेदवारी दर्ता गराएका छन् भने उपाध्यक्ष पदका अनिता उराँवले मनोनयन दर्ता गराएकी छन् । सयौंको संख्यामा नेताकार्यकर्ता लिएर नेकपा एमालेले मनोनयन दर्ता गराउन पुगेका थिए ।

यसैगरी नेकपा एमालेको तर्फबाट कोसी गाउँपालीकाको विभिन्न वडामा उम्मेदवारी दिने उम्मेदवारहरुमा १ नम्बर वडाध्यक्ष रामचन्द्र यादव, २ नम्बर वडामा रामलेखन साह,३ नम्बर वडामा श्यामसुन्दर सिंह,४ नम्बर वडामा इसराइल मन्सुरी,५ नम्बर वडामा इस्माइल मियाँ,६ नम्बर वडामा इन्द्रदेव यादव,७ नम्बर वडामा राधे यादव र ८ नम्बर वडामा जयप्रकाश साहले वडा अध्यक्ष पदका सोमबार उम्मेदवार दर्ता गराएका छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा झिनो मतले ऐयुब अन्सारीसँग पराजित भएका नेकपा एमाले कुशियैत यसपटक सशक्त उम्मेदवारका रूपमा देखिएका छन् ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








