लौकही । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि कोसी गाउँपालीकाको अध्यक्ष पदका लागि जनता समाजवादी पार्टी नेपालको तर्फबाट देवकृष्ण यादव उर्फ गोवर्धनले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै उपाध्यक्ष पदमा जसपाले अनुदेवी खेरवारलाई उम्मेदवार बनाएको छ । यादव नेतृत्वमा उम्मेदवारी दर्ता गराउन सयौंको संख्यामा जसपा पार्टीका नेताकार्यकर्ताहरु निर्वाचन कार्यालय पुगेका थिए ।

यस्तै कोसी गाउँपालीका १ नम्बर वडाध्यक्षमा शोभित यादव,२ नम्बर वडामा अमरलाल यादव,३ नम्बर वडामा श्रीलाल यादव, ४ नम्बर वडामा किफाइत मियाँ,५ नम्बर वडामा अनिल महात्मान,६ नम्बर वडामा जुडीलाल कडोकिया,७ नम्बर वडामा तेजनारायण अरगरिया र ८ नम्बर वडामा रामचन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् ।अघिल्लो स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट गाउँपालीका अध्यक्ष पदमा उम्मेदवारी दिएका यादवले लोकप्रिय मत प्राप्त गरेका थिए भने यसपटक समेत बलियो उम्मेदवारका रूपमा देखिएका छन् ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








