इनरुवा । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि सुनसरीमा चहलपहल बढेको छ । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् । उम्मेदवारहरुले मनोनयन दर्ता गराएपछि राजनीति दलहरू आफ्नो पक्षमा मत तान्न गाउँगाउँ पुगेका छन् । मतदाता रिझाउनका लागि दलका नेताहरु गाउँगाउँ पुग्ने होडबाजी चलेको छ । मुख्य प्रतिस्पर्धीका रुपमा रहेका काङ्ग्रेस र एमालेले चुनावी अभियानलाई तीव्रता दिएका छन् । यसका साथै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपालले पनि स्थानीय तहहरुमा चुनावी अभियान सुरु गरेको छ ।

केन्द्र र प्रदेश सरकारमा गठबन्धनमा रहेका दलहरु पनि जिल्लामा भने एक्लाएक्लै चुनावी प्रचारप्रसार गरिरहेका छन् । सुनसरीमा तालमेल गर्ने विषयमा टुङ्गो नलाग्दा एक्लाएक्लै प्रचारमा जुटेका हुन् । नेपाली काङ्ग्रेसका उम्मेदवारहरु १२ गते मनोनयन दर्ता गराएपछि केन्द्रीय कार्यक्रमअनुसार ‘घरघर जाऔँ, काङ्ग्रेस जिताऔँ’ अभियान संचालन गरिरहेको नेपाली काङ्ग्रेस सुनसरीका सभापति तथा इनरुवा नगरपालिकाका मेयर पदका उम्मेदवार केदार भण्डारीले जानकारी दिए । “स्थानीय निर्वाचनमा पार्टीलाई बहुमत दिलाउनका लागि प्रत्येक वडा, टोल र घरमा पुग्ने अभियान संचालन गरिरहेका छौं” उनले भने । देशका ठूला परिवर्तन नेपाली काङ्ग्रेसको नेतृत्वमा भएको र अब विकासको शृङ्खला पनि नेपाली काङ्ग्रेसकै नेतृत्वमा जोड्नुपर्ने भएकाले अभियान संचालन गरिएको हो । ”

स्थानीय तहको निर्वाचनमा यसपटक पुनः जिल्लामा आफ्नो पार्टीले बहुमत ल्याउने हिसाबले अभियान थालिएको सभापति भण्डारीको भनाइ छ । “हामीले अहिले पनि हरेक वडामा अभियान संचालन गरिरहेका छौँ । अभियानका दौरानमा पनि काङ्ग्रेसप्रति लोभलाग्दो आकर्षण छ । त्यसकारण हामी बहुमत सिटमा जीत हासिल गर्छौं ” उनले दाबी गर्दै भने ।सङ्गठन विस्तार र सुदृढीकरणका लागि अभियान संचालन गरिएको र नेपाली काङ्ग्रेस सिद्धान्त, नीति र विचारलाई आम मानिसमा पुर्याउनका लागि ´घरघर जाऔँ, काङ्ग्रेस जिताऔँ’ अभियानमा आफूहरू व्यस्त रहेको नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति तथा कोसी गाउँपालीका अध्यक्ष पदका उम्मेदवार ऐयुब अन्सारी बताउँछन् ।

गाउँगाउँमा सङ्गठन विस्तार गरेर चुनावी अभियानलाई तीव्रता दिएको बताउदै उनले भने “सुनसरी जिल्लामा यसपटकको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस पार्टी पुनः सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ अघि बढेको छ, जनमत हाम्रो पक्षमा नै आउँछ ।” आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाका १२ वटै स्थानीय तहमा नेपाली काङ्ग्रेस पार्टी बलियो देखिएको नेपाली काङ्ग्रेस सुनसरीका सचिव विरेन्द्र साह बताउँछन् । गएको स्थानीय तहको निर्वाचनमा सुनसरीका १२ स्थानीय तहमध्ये नेपाली काङ्ग्रेसले नौ र नेकपा एमालेले दुई र जसपा नेपालले एक स्थानीय तह जितेको थियो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








