ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

कोसीमा जनप्रतिनिधिको उपलब्धि : गाउँमै प्राविधिक शिक्षा

आवर कोशी by आवर कोशी
बैशाख १४, २०७९
कोसीमा जनप्रतिनिधिको उपलब्धि : गाउँमै प्राविधिक शिक्षा
62
SHARES
Share on FacebookShare on Twitter

लौकही । कुनैबेला कोसी क्षेत्रका विद्यार्थी उच्च शिक्षा पढ्न इनरुवा,इटहरी,धरान र विराटनगर जानुपर्ने बाध्यता रहेकोमा अब त्यो बाध्यता हटेको छ ।  कोसी गाउँपालीकाका निवर्तमान अध्यक्ष ऐयुब अन्सारीको प्रयासमा शैक्षिकसत्र २०७६ बाट शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय मानव श्रोत विकास केन्द्रबाट प्राविधिकधारतर्फ पढाउने अनुमति पाएपछि कोशी गाउँपालीका ३ अवस्थित रहेको राष्ट्रिय मावि सोभनपुरमा अहिले प्लस टु का कक्षा संचालन भइरहेका छन् । जसका कारण गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई बाहिर जानुपर्ने बाध्यता हटेको हो । कोशी गाउँपालीका एउटा पनि प्लस टु स्तरमा पठनपाठन नहुँदा यसक्षेत्रका सयौं विद्यार्थी अन्तै गएर पढ्न बाध्य थिए ।

राष्ट्रिय मावि सोभनपुरमा प्राविधिकधारतर्फ सिभिल इन्जिनियरिङ विषयको ९ कक्षाबाट कक्षा संचालन गरिएकोमा विगत एकवर्षयता कक्षा ११ को पठनपाठन सुरु गरिएको बिद्यालयका प्रधानाध्यापक हरेकृष्ण राउतले जानकारी दिए । उक्त बिद्यालयमा हाल व्यवस्थापन र शिक्षा संकाय लिएर कक्षा ११ पढ्ने ३६ जना विद्यार्थी छन् । घरछेउमै आफूले चाहेको विषय अध्ययन गर्न सकिने भएपछि यसक्षेत्रका विद्यार्थी उत्साहित छन् । इन्जिनियर बनेर आफ्नो गाउँको विकासमा सेवा गर्नु मेरो सानैदेखि सपना हो सिभिल धारतर्फ कक्षा १० मा अध्ययनरत कोशी गाउँपालीका ३ पश्चिम कुसाहाका साकिर मन्सुरीले भने जुन अब पूरा हुने भएको छ ।  

गाउँमै प्राविधिक शिक्षासँगै व्यवस्थापन र शिक्षा संकाय अन्तर्गत कक्षा ११ पढाउन थालेपछि कोशी गाउँपालीका क्षेत्रका मात्रै नभइ गढी, भोक्राहा नरसिंह गाउँपालीकाका साथै बरहा नगरपालिकाबाट समेत उक्त विद्यालयमा अध्ययन गर्न विद्यार्थी आउने क्रम बढ्दो छ । कोशी गाउँपालीका क्षेत्रमा प्राविधिक विषय पढाउन थालेपछि विद्यार्थीका साथै अभिभावकलाई आर्थिक भार कम भएको छ । अनेकौं चुनौतीका बाबजुद प्राविधिक शिक्षासँगै गाउँमै उच्च शिक्षा अध्ययनअध्यापन गराउन सफल भएको कोशी गाउँपालीकाका निवर्तमान अध्यक्ष ऐयुब अन्सारी बताउँछन् । कोशी गाउँपालीका दलित र विपन्न समुदायको बसोबास भएको क्षेत्र हो उनले भने तिनीहरुले चाहेर पनि आर्थिक अवस्थाका कारण छोराछोरीलाई इन्जिनियर र ओभरसियर वा उच्च शिक्षा पढाउन सकेका थिएनन् । एउटा हुनेखानेका छोराछोरीले मात्र नभइ हुँदाखाने वा एउटा मुसहर समुदायका छोराछोरी पनि इन्जिनियर र ओभरसियर बनोस् उच्च शिक्षा हासिल गरोस् भन्ने उद्देश्यले उच्च शिक्षा पढाउन थालेका हौं उनले भने । 

सामुदायिक बिद्यालयका साथसाथै निजि बिद्यालयको शिक्षा क्षेत्रको गुणस्तर आफ्नो कार्यकालमा उल्लेखनीय सुधार गर्न सफल भएको अन्सारी बताउँछन् । आफू निर्वाचित भएपछि शिक्षाको विकासका लागि काम गर्ने प्रतिवद्धता अनुसार करारका शिक्षक नियुक्तीदेखी उच्च शिक्षा र प्राविधिक धार समेत संचालन गरेको उनको दाबी छ । उच्च शिक्षालाई सबैको पहुँचमा पुर्‍याउन सामुदायिक बिद्यालयमा विभिन्न विषयका पठनपाठन थालिएको छ भने गाउँमै पठनपाठन हुने भएपछि पछिल्लो समय प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण समेत बढेको पाइन्छ ।  कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले छ सय पूर्णाङ्कको अध्ययन गर्ने छ त्यसमा नयाँ पाठ्यक्रमअनुुसार नेपाली, अङ्ग्रेजी र सामाजिक अध्ययन गरी तीन विषय अनिवार्य पढ्नुपर्ने पुस्तक वितरण गरिएको प्रअ राउतले जानकारी दिए । यस विद्यालयमा ऐच्छिक विषय छनोटका लागि विषयगत दुई समूह निर्माण गरिएको छ । विद्यार्थीले शिक्षा र व्यवस्थापन समूहमध्ये आफूले चाहेको विषय छनौट गर्नसक्ने उनको भनाइ छ  । कोसीका जनताले विश्वास गरेर आफूलाई निर्वाचित गराएकोमा जनताको मर्म र भावनाअनुसार काम गर्न सफल भएकाले आगामी वैशाख ३० गते हुने निर्वाचनबाट कोसी जनताले आफूलाई पुनः निर्वाचित गराउनेमा अन्सारी ढुक्क छन् ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.