ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

कोसीमा जनप्रतिनिधिको उपलब्धि : गाउँमै प्राविधिक शिक्षा

आवर कोशी by आवर कोशी
बैशाख १४, २०७९
कोसीमा जनप्रतिनिधिको उपलब्धि : गाउँमै प्राविधिक शिक्षा
61
SHARES
Share on FacebookShare on Twitter

लौकही । कुनैबेला कोसी क्षेत्रका विद्यार्थी उच्च शिक्षा पढ्न इनरुवा,इटहरी,धरान र विराटनगर जानुपर्ने बाध्यता रहेकोमा अब त्यो बाध्यता हटेको छ ।  कोसी गाउँपालीकाका निवर्तमान अध्यक्ष ऐयुब अन्सारीको प्रयासमा शैक्षिकसत्र २०७६ बाट शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय मानव श्रोत विकास केन्द्रबाट प्राविधिकधारतर्फ पढाउने अनुमति पाएपछि कोशी गाउँपालीका ३ अवस्थित रहेको राष्ट्रिय मावि सोभनपुरमा अहिले प्लस टु का कक्षा संचालन भइरहेका छन् । जसका कारण गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई बाहिर जानुपर्ने बाध्यता हटेको हो । कोशी गाउँपालीका एउटा पनि प्लस टु स्तरमा पठनपाठन नहुँदा यसक्षेत्रका सयौं विद्यार्थी अन्तै गएर पढ्न बाध्य थिए ।

राष्ट्रिय मावि सोभनपुरमा प्राविधिकधारतर्फ सिभिल इन्जिनियरिङ विषयको ९ कक्षाबाट कक्षा संचालन गरिएकोमा विगत एकवर्षयता कक्षा ११ को पठनपाठन सुरु गरिएको बिद्यालयका प्रधानाध्यापक हरेकृष्ण राउतले जानकारी दिए । उक्त बिद्यालयमा हाल व्यवस्थापन र शिक्षा संकाय लिएर कक्षा ११ पढ्ने ३६ जना विद्यार्थी छन् । घरछेउमै आफूले चाहेको विषय अध्ययन गर्न सकिने भएपछि यसक्षेत्रका विद्यार्थी उत्साहित छन् । इन्जिनियर बनेर आफ्नो गाउँको विकासमा सेवा गर्नु मेरो सानैदेखि सपना हो सिभिल धारतर्फ कक्षा १० मा अध्ययनरत कोशी गाउँपालीका ३ पश्चिम कुसाहाका साकिर मन्सुरीले भने जुन अब पूरा हुने भएको छ ।  

गाउँमै प्राविधिक शिक्षासँगै व्यवस्थापन र शिक्षा संकाय अन्तर्गत कक्षा ११ पढाउन थालेपछि कोशी गाउँपालीका क्षेत्रका मात्रै नभइ गढी, भोक्राहा नरसिंह गाउँपालीकाका साथै बरहा नगरपालिकाबाट समेत उक्त विद्यालयमा अध्ययन गर्न विद्यार्थी आउने क्रम बढ्दो छ । कोशी गाउँपालीका क्षेत्रमा प्राविधिक विषय पढाउन थालेपछि विद्यार्थीका साथै अभिभावकलाई आर्थिक भार कम भएको छ । अनेकौं चुनौतीका बाबजुद प्राविधिक शिक्षासँगै गाउँमै उच्च शिक्षा अध्ययनअध्यापन गराउन सफल भएको कोशी गाउँपालीकाका निवर्तमान अध्यक्ष ऐयुब अन्सारी बताउँछन् । कोशी गाउँपालीका दलित र विपन्न समुदायको बसोबास भएको क्षेत्र हो उनले भने तिनीहरुले चाहेर पनि आर्थिक अवस्थाका कारण छोराछोरीलाई इन्जिनियर र ओभरसियर वा उच्च शिक्षा पढाउन सकेका थिएनन् । एउटा हुनेखानेका छोराछोरीले मात्र नभइ हुँदाखाने वा एउटा मुसहर समुदायका छोराछोरी पनि इन्जिनियर र ओभरसियर बनोस् उच्च शिक्षा हासिल गरोस् भन्ने उद्देश्यले उच्च शिक्षा पढाउन थालेका हौं उनले भने । 

सामुदायिक बिद्यालयका साथसाथै निजि बिद्यालयको शिक्षा क्षेत्रको गुणस्तर आफ्नो कार्यकालमा उल्लेखनीय सुधार गर्न सफल भएको अन्सारी बताउँछन् । आफू निर्वाचित भएपछि शिक्षाको विकासका लागि काम गर्ने प्रतिवद्धता अनुसार करारका शिक्षक नियुक्तीदेखी उच्च शिक्षा र प्राविधिक धार समेत संचालन गरेको उनको दाबी छ । उच्च शिक्षालाई सबैको पहुँचमा पुर्‍याउन सामुदायिक बिद्यालयमा विभिन्न विषयका पठनपाठन थालिएको छ भने गाउँमै पठनपाठन हुने भएपछि पछिल्लो समय प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण समेत बढेको पाइन्छ ।  कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले छ सय पूर्णाङ्कको अध्ययन गर्ने छ त्यसमा नयाँ पाठ्यक्रमअनुुसार नेपाली, अङ्ग्रेजी र सामाजिक अध्ययन गरी तीन विषय अनिवार्य पढ्नुपर्ने पुस्तक वितरण गरिएको प्रअ राउतले जानकारी दिए । यस विद्यालयमा ऐच्छिक विषय छनोटका लागि विषयगत दुई समूह निर्माण गरिएको छ । विद्यार्थीले शिक्षा र व्यवस्थापन समूहमध्ये आफूले चाहेको विषय छनौट गर्नसक्ने उनको भनाइ छ  । कोसीका जनताले विश्वास गरेर आफूलाई निर्वाचित गराएकोमा जनताको मर्म र भावनाअनुसार काम गर्न सफल भएकाले आगामी वैशाख ३० गते हुने निर्वाचनबाट कोसी जनताले आफूलाई पुनः निर्वाचित गराउनेमा अन्सारी ढुक्क छन् ।

Related Posts

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

by आवर कोशी
कार्तिक ५, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

by आवर कोशी
कार्तिक ४, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालिका– ८ भण्टाबारी स्थित चारकुने नाकाबाट ब्राउन सुगर सहित दुईजना पक्राउ परेका छन् । सशस्त्र प्रहरी र...

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

by आवर कोशी
कार्तिक ४, २०८२
0

मुस्ताक आलम इनरुवा ।  जिल्ला प्रहरी कार्यालय सुनसरी तस्करीमा आक्रामक देखिएको छ। सुनसरी प्रहरीले एक महिनामा ५७ लाख ६४ हजार ५५६ रुपैयाँको भन्सार...

कोशीमा नवजात शिशु बेवारिसे फेला

कोशीमा नवजात शिशु बेवारिसे फेला

by आवर कोशी
कार्तिक २, २०८२
0

कोशी गाउँपालिका वडा नम्बर ८ शर्मा टोलमा शनिवार राति करिब ९ बजे नवजात शिशु (छोरा) प्लास्टिकको झोलामा पोको पारेर फालिएको...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
अपराध

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

by आवर कोशी
कार्तिक ५, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...

Read more
कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कार्तिक ४, २०८२
सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

कार्तिक ४, २०८२
कोशीमा नवजात शिशु बेवारिसे फेला

कोशीमा नवजात शिशु बेवारिसे फेला

कार्तिक २, २०८२
सुनसरीमा प्रहरी प्रमुखकै ह्वाट्सएप अकाउन्ट ह्याक

सुनसरीमा प्रहरी प्रमुखकै ह्वाट्सएप अकाउन्ट ह्याक

अशोज २६, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1651 shares
    Share 660 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    693 shares
    Share 277 Tweet 173
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    378 shares
    Share 151 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.