भोक्राहा । अघिल्लो स्थानीय तह निर्वाचनमा झिनो मतअन्तरले पराजित नेपाली काङ्ग्रेसका उम्मेदवार यसपटक भोक्राहा नरसिंह गाउँपालीकामा बलियो देखिएको छ । नेपाली काङ्ग्रेसले यसपटक भोक्राहा नरसिंह गाउँपालीकाको अध्यक्ष पदका लागि अजमल अख्तर आजादलाई उम्मेदवार बनाएका छन् भने उपाध्यक्षमा सुनिता उराँवले टिकट पाएकी छन् ।

यस्तै वडा नम्बर १ मा नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह गाउँपालीकाका सभापति समेत रहेका युवराज दाहाल,२ नम्बर वडामा आलम अन्सारी,३ नम्बर वडामा जुगेश्वर यादव,४ नम्बर वडामा हारुन अन्सारी,५ नम्बर वडामा हारुन अन्सारी, ६ नम्बर वडामा सेराजुदिन अन्सारी, ७ नम्बर वडामा कोशल मण्डल र ८ नम्बर वडामा हाजी उस्मान उर्फ भोला वडाध्यक्ष पदका उम्मेदवार बनेका छन् ।

अघिल्लो पटकको स्थानीय तह निर्वाचनमार्फत सर्वसाधारण जनताले मधेसी जनअधिकार फोरम नेपालका उम्मेदवारलाई विश्वास गरेर निर्वाचित गराएपनि निर्वाचित अध्यक्ष महेन्द्रप्रसाद यादवले जनअपेक्षाअनुसार काम नगरी विवादमा पर्ने काम मात्र गरेको नेपाली काङ्ग्रेसका गाउँपालीका अध्यक्ष पदका उम्मेदवार अजमल अख्तर आजाद बताउँछन् ।” निवर्तमान जनप्रतिनिधिहरु जनताको काम गर्नुभन्दा काण्डैकाण्ड र भ्रष्टाचारबाहेक अरु केहि काम गर्न सकेनन् उनले भने त्यसैले सुशासन र पारदर्शिताको लागि मेरो नेतृत्वमा नेपाली काङ्ग्रेस पार्टी जित्नुपर्छ ।”

भोक्राहा नरसिंह गाउँपालीकासहित नेपाली काङ्ग्रेसका उम्मेदवारहरु १२ गते मनोनयन दर्ता गराएपछि केन्द्रीय कार्यक्रमअनुसार ‘घरघर जाऔँ, काङ्ग्रेस जिताऔँ’ अभियान संचालन गरिरहेका छन् । “स्थानीय निर्वाचनमा पार्टीलाई बहुमत दिलाउनका लागि प्रत्येक वडा, टोल र घरमा पुग्ने अभियान संचालन गरिरहेको अध्यक्ष पदका उम्मेदवार आदाजको भनाइ छ ।

देशका ठूला परिवर्तन नेपाली काङ्ग्रेसको नेतृत्वमा भएको र अब विकासको शृङ्खला पनि नेपाली काङ्ग्रेसकै नेतृत्वमा जोड्नुपर्ने भएकाले भोक्राहा नरसिंह गाउँपालीकामा काङ्ग्रेसबाहेक अर्को विकल्प नभएको नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का सभापति तथा भोक्राहा नरसिंह क्षेत्रका लोकप्रिय नेता हाजी इसराइल मन्सुरीको दाबी छ । गाउँगाउँमा सङ्गठन विस्तार गरेर चुनावी अभियानलाई तीव्रता दिएको बताउदै उनले भने “भोक्राहा नरसिंह गाउँपालीकामा यसपटकको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस पार्टी सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ अघि बढेको छ, जनमत हाम्रो पक्षमा नै आउँछ ।”
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








