इनरुवा । सुनसरी जिल्लाको भारतसँग सीमा जोडिएको देवानगंज गाउँपालिकामा नेपाली काङ्ग्रेसप्रति सर्वसाधारणको क्रेज बढ्दै गएको छ । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएसँगै सदरमुकाम इनरुवा,कोसी,हरिनगर,भोक्राहा नरसिंह,देवानगंजलगायतका क्षेत्रमा नेपाली काङ्ग्रेसप्रति सर्वसाधारणको क्रेज बढेको हो ।

आगामी वैशाख ३० गतेहुने स्थानीय तह निर्वाचनको लागि सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको मेयर पदका लागि नेपाली काङ्ग्रेस सुनसरीका सभापति केदार भण्डारी मैदानमा उत्रिएका छन् भने उपमेयर पदका लागि बिनिता मेहताले उम्मेदवारी दर्ता गराएकी छन् ।

यस्तै कोसी गाउँपालीकाकोहि अध्यक्ष पदका लागि नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति ऐयुब अन्सारीले उम्मेदवारी दर्ता गराएका छन् भने उपाध्यक्ष पदका अनिता यादवले उम्मेदवार बनेकी छन् । त्यस्तै नेपाली काङ्ग्रेसको तर्फबाट हरिनगर गाउँपालीकाको अध्यक्ष पदका लागि गफार मियाँ अन्सारीले मनोनयन दर्ता गराएका छन् भने उपाध्यक्ष पदका लागि रिमझिम भगत उम्मेदवार बनेकी छन् ।

यसैगरी भोक्राहा नरसिंह गाउँपालीकाको अध्यक्ष पदका लागि नेपाली काङ्ग्रेसको तर्फबाट अजमल अख्तर आजादले उम्मेदवारी दिएका छन् भने उपाध्यक्ष पदका लाई सुनिता उराँवले मनोनयन दर्ता गराएकी छन् । त्यसैगरी काङ्ग्रेसको तर्फबाट देवानगंज गाउँपालीकाको अध्यक्ष पदका लागि श्यामलाल मेहता उम्मेदवार बनेका छन् भने उपाध्यक्ष पदका लागि कुमारी विभा यादवले मनोनयन दर्ता गराएकी छन् ।

हरेक स्थानीय तहमा टिकट पाएका उम्मेदवारहरुलाई जिताउन नेपाली काङ्ग्रेस पार्टीले प्रचारप्रसार अभियानलाई तीव्र बनाएको छ । यसैबीच बैशाख १२ गते मनोनयन दर्ता गरेका देवानगंज गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार मेहता, उपाध्यक्ष पदका उम्मेदवार यादव लगायतका वडाध्यक्ष र सदस्यहरुलाई बिजयी बनाउनका लागि देवानगंज काङ्ग्रेसले बिहीबार शक्ति प्रदर्शन गरेको छ ।

सयौंको संख्यामा रहेको नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागितामा निकालिएको उक्त बृहत मोटरसाइकल र्यालीमा कांग्रेस जिन्दावाद, अध्यक्ष मेहता सहितका उम्मेदवारलाई बिजयी बनाऔं, कांग्रेसका नाराहरु लगाउँदै देवानगंज गाउँपालिकाभरी बृहत मोटरसाईकल र्याली निकालिएको थियो । नेपाली काङ्ग्रेस सुनसरीका सभापति केदार भण्डारीले लामो समयदेखि पार्टी र समाजमा योगदान गरेका व्यक्ति टिकट वितरण गरिएकाले नेपाली काङ्ग्रेसप्रति सुनसरी जिल्लामा जनताको आकर्षक बढ्नु स्वभाविक भएको बताए ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








