इनरुवा । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि सुनसरीमा चहलपहल बढेको छ । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् । राजनीतिक दलहरुले उम्मेदवारको टुङ्गो लगाएपछि आफ्नो पक्षमा मत तान्न गाउँगाउँ पुगेका छन् । मतदाता रिझाउनका लागि दलका नेताहरु गाउँगाउँ पुग्ने होडबाजी चलेको छ । मुख्य प्रतिस्पर्धीका रुपमा रहेका काङ्ग्रेस र एमालेले चुनावी अभियानलाई तीव्रता दिएका छन् । यसका साथै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपालले पनि स्थानीय तहहरुमा चुनावी अभियान सुरु गरेको छ ।

केन्द्र र प्रदेश सरकारमा गठबन्धनमा रहेका दलहरु पनि जिल्लामा भने एक्लाएक्लै चुनावी प्रचारप्रसार गरिरहेका छन् । सुनसरीमा तालमेल गर्ने विषयमा टुङ्गो नलाग्दा एक्लाएक्लै प्रचारमा जुटेका हुन् । नेपाली काङ्ग्रेसका उम्मेदवारहरु १२ गते मनोनयन दर्ता गराएपछि केन्द्रीय कार्यक्रमअनुसार ‘घरघर जाऔँ, काङ्ग्रेस जिताऔँ’ अभियान थालेको नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति तथा कोसी गाउँपालीका अध्यक्ष पदका उम्मेदवार ऐयुब अन्सारी बताउँछन् । “स्थानीय निर्वाचनमा पार्टीलाई कोसी गाउँपालीकामा बहुमत दिलाउनका वार्ड नम्बर २ बाट प्रत्येक टोल टोल र घर घरमा पुग्ने अभियान संचालन गरिरहेका छौं” उनले भने ।

स्थानीय तहको निर्वाचनमा यसपटक पुनः कोसीमा आफ्नो पार्टीले बहुमत ल्याउने हिसाबले अभियान थालिएको सभापति अन्सारीको भनाइ छ । “हामीले अहिले पनि हरेक वडामा अभियान संचालन गरिरहेका छौँ । अभियानका दौरानमा पनि काङ्ग्रेसप्रति लोभलाग्दो आकर्षण छ । त्यसकारण हामी बहुमत सिटमा जीत हासिल गर्छौं ” उनले दाबी गर्दै भने ।सङ्गठन विस्तार र सुदृढीकरणका लागि अभियान संचालन गरिएको र नेपाली काङ्ग्रेस सिद्धान्त, नीति र विचारलाई आम मानिसमा पुर्याउनका लागि ´घरघर जाऔँ, काङ्ग्रेस जिताऔँ’ अभियानमा आफूहरू व्यस्त रहेको नेपाली काङ्ग्रेस सुनसरी सभापति तथा कोसी गाउँपालीका अध्यक्ष पदका उम्मेदवार अन्सारीको भनाइ छ ।

गाउँगाउँमा सङ्गठन विस्तार गरेर चुनावी अभियानलाई तीव्रता दिएको बताउदै उनले भने “कोसी गाउँपालीकासहित सुनसरी जिल्लामा यसपटकको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस पार्टी पुनः बहुमत ल्याउने लक्ष्यका साथ अघि बढेको छ, जनमत हाम्रो पक्षमा नै आउँछ ।” घरदैलो अभियानका क्रम नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट कोसी गाउँपालीका उपाध्यक्ष पदकी उम्मेदवार अनिता,कोसी गाउँपालीकाका कार्यवाहक अध्यक्ष राजकुमार साह,वार्ड नम्बर २ वडाध्यक्ष पदका उम्मेदवार ध्यानी उराँवलगायत वडा सदस्यसहित नेपाली काङ्ग्रेस पार्टीका नेता सदानन्द मण्डल,प्रमोद खेरवार,धर्मेन्द्र विश्वास,अमरेन्द्र मेहतालगायत सयौं नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








