ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

को हुन जनप्रिय् ऐयुब अन्सारी ?

आवर कोशी by आवर कोशी
बैशाख १८, २०७९
को हुन जनप्रिय् ऐयुब अन्सारी ?
72
SHARES
Share on FacebookShare on Twitter

मिकाइल आलम

विद्यार्थीकालदेखि राजनीतिमा होमिएका व्यक्ति हुन ऐयुब अन्सारी । २०४६ सालमा नेपाल विद्यार्थी संघको विद्यालय इकाई समितिको सभापतिहुँदै राजनीतिक यात्रा सुरु गरेका उनै अन्सारी कोसी गाउँपालीकाका अध्यक्षका रूपमा आफ्नो एक कार्यकाल सफलतापूर्वक पूरा गरी पुनः सोही पदका लागि नेपाली काङ्ग्रेस पार्टीका तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । तत्कालीन सुनसरी क्षेत्र नम्बर ५ र समायोजन पश्चात् हालको क्षेत्र नम्बर ५ नेपाली काङ्ग्रेस पार्टीको क्षेत्रीय सभापति भई आफ्नो कुशल नेतृत्वबाट पार्टीलाई संगठित बनाउनुका साथै २०७४ साल स्थानीय तह निर्वाचनबाट निर्वाचित कोशीका जनताको सेवक भई उल्लेखनीय र उदाहरणीय कार्य गर्न सफल भएका व्यक्ति हुन ।

२०७८ सालमा सम्पन्न नेपाली काङ्ग्रेस पार्टी १४ औं महाधिवेशनबाट नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापति पदमा पुनः निर्वाचित भएका अन्सारीको कोसी क्षेत्रमा नभई सुनसरी जिल्लाकै एक जनप्रिय् नेता हुन । सरल स्वभाव र हसिलो अनुहारका अन्सारीको जन्म विक्रम संवत् २०३४ साल साउन १५ गते भएको हो । आमा बिबी जमिला खातुन र बुवा उसमान अन्सारीका कान्छो छोरा उनी युवाअवस्थादेखि नै जनतामाझ लोकप्रिय नेताको छवि बनाइसकेका छन् । कक्षा ७ हुँदा कलिलो उमेरमै बहुदलीय प्रजातन्त्रको आन्दोलनमा लागेका अन्सारी भन्छन् ´पञ्चायतको विरुद्धमा लाग्नुपर्छ भनेर राजेन्द्र प्रसाद साहले उक्सायो” । सेतो कपडामा रातो रङले पोतेर पञ्चायत मुर्दाबाद, बहुदल जिन्दावाद भन्दै लेख्ने गर्नुहुन्थ्यो ।` जमुवामा पम्पलेटिङ गरेको आरोपमा लौकही प्रहरीले उनलाई २०४६ को जनआन्दोलनमा पक्राउ गरे र भोलिपल्ट कागज गराई छाडियो । २०४७ सालमा अन्सारी नेविसंघ पश्चिम कुशाहाको गाविस स्तरीय समितिको सभापति चयन भएका थिए ।

यसैगरी २०५० सालमा डुम्राहाका सत्यनारायण सिंहलाई पराजित गर्दै नेविसंघको क्षेत्रीय सभापति चयन भएका उनी २०५१ सालको मध्यावधी निर्वाचनमा नेविसंघ क्षेत्रीय सभापतिको हैसियतले तत्कालीन सुनसरी क्षेत्र नम्बर ५ मा स्वर्गीय गिरिजाप्रसाद कोइराला उम्मेदवार हुँदा निर्वाचन प्रचारप्रसार समितिको संयोजकको जिम्मेवारी सम्हालेका थिए । गाउँका साथीहरु सदानन्द मण्डल, जोगिन्द्र उरावँ, दिनेश साह, उमर अन्सारी लगायतसँग मिलेर गाउँमा राजनीतिक गतिविधी सक्रिय रहेका अन्सारी २०५३ सालमा नागरीक उड्डयन प्राधिकरणमा जागिर खान काठमाण्डौ गएको देखेपछि उनलाई पूर्व कृषि मन्त्री तत्कालिन मधुवन गाविस अध्यक्ष नन्दनकुमार दत्तले ´तिमी जस्तो लिडर मान्छे जागिर खाने हो र? राजनीति गरेर जनताका समस्या समाधान गर्नेतिर लाग्नुपर्छ´भनी सुझाएपछि पाइसकेको जागिर ऐयुबले छाडे । २०५४ मा पार्टीको गाउँ इकाई समितिको सचिव पदबाट मूल पार्टीको राजनीतिमा प्रवेश गर्दै २०५६ सालमा उनी तरुण दलको गाउँ सभापति बने ।

नेपाली काङ्ग्रेसको ११ औ महाधिवेशनमा क्षेत्रीय सभापतिमा ताहिर अन्सारीसँग ६ मतले पराजित भएका अन्सारी २०७२ सालमा भएको नेपाली काङ्ग्रेसको १२ औ महाधिवेशनबाट तत्कालीन सुनसरी क्षेत्र नम्बर ५ को क्षेत्रीय सभापति निर्वाचित भए । क्षेत्रीय सभापतिमा निर्वाचित हुँदा तितरबितर रहेकोे नेपाली काङ्ग्रेस पार्टीलाई उनलेे आफ्नो नेतृत्वमा सही ट्रयाकमा ल्याउदै व्यक्ति भन्दा संगठन ठुलो हुनुपर्छ भन्ने नारा दिए । आफूले पाएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न छवि बनाएका अन्सारी यसपटक पुनः कोसी गाउँपालीका क्षेत्रका जनताले पाँच वर्षको अवधिमा गरेर कार्यको मूल्यांकन गर्दै अध्यक्ष पदमा जिताउनेमा विश्वस्त छन् । ´अघिल्लो निर्वाचनबाट कोसीका जनताले आफूलाई दिएको जिम्मेवारी अनेकौं चुनौतीका बाबजुद सफलतापूर्वक निर्वाह गरे उनले भने त्यसैले मेरो नेतृत्वमा सम्पन्न भएको विकास निर्माणकार्यको उच्च मूल्यांकन गर्दै मतदाताहरुले भोट दिएर गर्न बाँकी रहेका काम गर्ने जिम्मेवारी दिनेमा विश्वस्त छु ।´

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.