ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

को हुन जनप्रिय् ऐयुब अन्सारी ?

आवर कोशी by आवर कोशी
बैशाख १८, २०७९
को हुन जनप्रिय् ऐयुब अन्सारी ?
71
SHARES
Share on FacebookShare on Twitter

मिकाइल आलम

विद्यार्थीकालदेखि राजनीतिमा होमिएका व्यक्ति हुन ऐयुब अन्सारी । २०४६ सालमा नेपाल विद्यार्थी संघको विद्यालय इकाई समितिको सभापतिहुँदै राजनीतिक यात्रा सुरु गरेका उनै अन्सारी कोसी गाउँपालीकाका अध्यक्षका रूपमा आफ्नो एक कार्यकाल सफलतापूर्वक पूरा गरी पुनः सोही पदका लागि नेपाली काङ्ग्रेस पार्टीका तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । तत्कालीन सुनसरी क्षेत्र नम्बर ५ र समायोजन पश्चात् हालको क्षेत्र नम्बर ५ नेपाली काङ्ग्रेस पार्टीको क्षेत्रीय सभापति भई आफ्नो कुशल नेतृत्वबाट पार्टीलाई संगठित बनाउनुका साथै २०७४ साल स्थानीय तह निर्वाचनबाट निर्वाचित कोशीका जनताको सेवक भई उल्लेखनीय र उदाहरणीय कार्य गर्न सफल भएका व्यक्ति हुन ।

२०७८ सालमा सम्पन्न नेपाली काङ्ग्रेस पार्टी १४ औं महाधिवेशनबाट नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापति पदमा पुनः निर्वाचित भएका अन्सारीको कोसी क्षेत्रमा नभई सुनसरी जिल्लाकै एक जनप्रिय् नेता हुन । सरल स्वभाव र हसिलो अनुहारका अन्सारीको जन्म विक्रम संवत् २०३४ साल साउन १५ गते भएको हो । आमा बिबी जमिला खातुन र बुवा उसमान अन्सारीका कान्छो छोरा उनी युवाअवस्थादेखि नै जनतामाझ लोकप्रिय नेताको छवि बनाइसकेका छन् । कक्षा ७ हुँदा कलिलो उमेरमै बहुदलीय प्रजातन्त्रको आन्दोलनमा लागेका अन्सारी भन्छन् ´पञ्चायतको विरुद्धमा लाग्नुपर्छ भनेर राजेन्द्र प्रसाद साहले उक्सायो” । सेतो कपडामा रातो रङले पोतेर पञ्चायत मुर्दाबाद, बहुदल जिन्दावाद भन्दै लेख्ने गर्नुहुन्थ्यो ।` जमुवामा पम्पलेटिङ गरेको आरोपमा लौकही प्रहरीले उनलाई २०४६ को जनआन्दोलनमा पक्राउ गरे र भोलिपल्ट कागज गराई छाडियो । २०४७ सालमा अन्सारी नेविसंघ पश्चिम कुशाहाको गाविस स्तरीय समितिको सभापति चयन भएका थिए ।

यसैगरी २०५० सालमा डुम्राहाका सत्यनारायण सिंहलाई पराजित गर्दै नेविसंघको क्षेत्रीय सभापति चयन भएका उनी २०५१ सालको मध्यावधी निर्वाचनमा नेविसंघ क्षेत्रीय सभापतिको हैसियतले तत्कालीन सुनसरी क्षेत्र नम्बर ५ मा स्वर्गीय गिरिजाप्रसाद कोइराला उम्मेदवार हुँदा निर्वाचन प्रचारप्रसार समितिको संयोजकको जिम्मेवारी सम्हालेका थिए । गाउँका साथीहरु सदानन्द मण्डल, जोगिन्द्र उरावँ, दिनेश साह, उमर अन्सारी लगायतसँग मिलेर गाउँमा राजनीतिक गतिविधी सक्रिय रहेका अन्सारी २०५३ सालमा नागरीक उड्डयन प्राधिकरणमा जागिर खान काठमाण्डौ गएको देखेपछि उनलाई पूर्व कृषि मन्त्री तत्कालिन मधुवन गाविस अध्यक्ष नन्दनकुमार दत्तले ´तिमी जस्तो लिडर मान्छे जागिर खाने हो र? राजनीति गरेर जनताका समस्या समाधान गर्नेतिर लाग्नुपर्छ´भनी सुझाएपछि पाइसकेको जागिर ऐयुबले छाडे । २०५४ मा पार्टीको गाउँ इकाई समितिको सचिव पदबाट मूल पार्टीको राजनीतिमा प्रवेश गर्दै २०५६ सालमा उनी तरुण दलको गाउँ सभापति बने ।

नेपाली काङ्ग्रेसको ११ औ महाधिवेशनमा क्षेत्रीय सभापतिमा ताहिर अन्सारीसँग ६ मतले पराजित भएका अन्सारी २०७२ सालमा भएको नेपाली काङ्ग्रेसको १२ औ महाधिवेशनबाट तत्कालीन सुनसरी क्षेत्र नम्बर ५ को क्षेत्रीय सभापति निर्वाचित भए । क्षेत्रीय सभापतिमा निर्वाचित हुँदा तितरबितर रहेकोे नेपाली काङ्ग्रेस पार्टीलाई उनलेे आफ्नो नेतृत्वमा सही ट्रयाकमा ल्याउदै व्यक्ति भन्दा संगठन ठुलो हुनुपर्छ भन्ने नारा दिए । आफूले पाएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न छवि बनाएका अन्सारी यसपटक पुनः कोसी गाउँपालीका क्षेत्रका जनताले पाँच वर्षको अवधिमा गरेर कार्यको मूल्यांकन गर्दै अध्यक्ष पदमा जिताउनेमा विश्वस्त छन् । ´अघिल्लो निर्वाचनबाट कोसीका जनताले आफूलाई दिएको जिम्मेवारी अनेकौं चुनौतीका बाबजुद सफलतापूर्वक निर्वाह गरे उनले भने त्यसैले मेरो नेतृत्वमा सम्पन्न भएको विकास निर्माणकार्यको उच्च मूल्यांकन गर्दै मतदाताहरुले भोट दिएर गर्न बाँकी रहेका काम गर्ने जिम्मेवारी दिनेमा विश्वस्त छु ।´

Related Posts

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

by आवर कोशी
कार्तिक ४, २०८२
0

मुस्ताक आलम इनरुवा ।  जिल्ला प्रहरी कार्यालय सुनसरी तस्करीमा आक्रामक देखिएको छ। सुनसरी प्रहरीले एक महिनामा ५७ लाख ६४ हजार ५५६ रुपैयाँको भन्सार...

सुनसरीमा प्रहरी प्रमुखकै ह्वाट्सएप अकाउन्ट ह्याक

सुनसरीमा प्रहरी प्रमुखकै ह्वाट्सएप अकाउन्ट ह्याक

by आवर कोशी
अशोज २६, २०८२
0

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुखको ह्वाट्सएप अकाउन्ट ह्याक भएको छ। ह्याकरले प्रहरी प्रमुखकै नाममा रहेको सो नम्बर प्रयोग गरी स्थानीय...

विपद्धमा पनि गाँजा तस्करी

विपद्धमा पनि गाँजा तस्करी

by आवर कोशी
अशोज २०, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले ठुलो परिणाममा गाँजा बरामद गरेको छ । संयुक्त...

कोशीमा क्षतिग्रस्त कार्यालयको स्थलगत अनुगमन

कोशीमा क्षतिग्रस्त कार्यालयको स्थलगत अनुगमन

by आवर कोशी
भदौ ३१, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालीकामा समेत जेनजी आन्दोलनको क्रममा ठुलो क्षति भएको पाइएको छ । जेनजी आन्दोलन पछिको अवस्था बारे कोशी...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
अपराध

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

by आवर कोशी
कार्तिक ५, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...

Read more
कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कार्तिक ४, २०८२
सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

कार्तिक ४, २०८२
कोशीमा नवजात शिशु बेवारिसे फेला

कोशीमा नवजात शिशु बेवारिसे फेला

कार्तिक २, २०८२
सुनसरीमा प्रहरी प्रमुखकै ह्वाट्सएप अकाउन्ट ह्याक

सुनसरीमा प्रहरी प्रमुखकै ह्वाट्सएप अकाउन्ट ह्याक

अशोज २६, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1650 shares
    Share 660 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    693 shares
    Share 277 Tweet 173
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    519 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    378 shares
    Share 151 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.