ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

सबैका प्रिय् केदार भण्डारी को हुन ?

आवर कोशी by आवर कोशी
बैशाख १८, २०७९
सुनसरी काङ्ग्रेसमा मिश्रित नतिजा
140
SHARES
Share on FacebookShare on Twitter

मिकाइल आलम

नेतृत्व रहरले होइन, जिम्मेवारीबोधले लिनुपर्छ अनि पद मानका लागि होइन, योगदानको लागि हुनुपर्छ भन्ने केदार भण्डारी २०१४ सालमा गाउँमा स्कुल (शारदा मावि) बनाउन जग्गा दिने पिता श्रीप्रसाद भण्डारीको लोकप्रिय सामाजिक छवि तथा सादगीपूर्ण जीवनशैलीबाट सानैदेखि प्रभावित थिए । त्यसैगरी, सुनसरीमा त्यो बेला प्रजातान्त्रिक आस्थाको दियो जोगाइराख्ने थोरै मान्छेमध्ये एक डाक्टर केशरी कोइरालाको राजनीतिक समर्पण नजिकबाट देखेका भण्डारी त्यसयता अहिलेसम्म पार्टीभित्र सादगी जीवनशैलीका पर्याय मानिन्छन् ।

लोकतन्त्रप्रतिको अटुट आस्था र सरल राजनीतिक जीवनशैली, कानुनशास्त्रमा स्नातक ५२ वर्षीय केदार भण्डारीको निरन्तर प्रतिबद्धता हो । नेपाली काङ्ग्रेसको प्रारम्भिक साङ्गठनिक नाम आखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस थियो, जसका संस्थापक अध्यक्ष थिए सुब्बा देवीप्रसाद सापकोटा । उनै देवीप्रसाद सापकोटाको कर्मथलो सुनसरी जिल्ला आज पनि नेपाली काङ्ग्रेसको गढका रूपमा चिनिन्छ । जननेता बिपी कोइराला तथा नेपाली राजनीतिमा शान्ति तथा क्रान्तिनायक गिरिजाप्रसाद कोइरालाको राजनीतिक विरासत धान्ने थलो सुनसरीमा काङ्ग्रेस अघिल्लो स्थानीय तथा संसदीय निर्वाचनमा नेपाली काङ्ग्रेसले त्यसअघि जितेका थुप्रै ठाउँ गुमाउँदै गर्दा सुनसरी एकमात्र यस्तो जिल्ला थियो, जहाँ बहुमत र सानका साथ चारतारे झन्डा गाडिएको थियो । काङ्ग्रेसले आर्जन गरेको यो सफलताको श्रेय जान्छ, तत्कालीन सभापति राजीव कोइरालालाई, जसको दाहिने हात तथा थिङ्क ट्याङ्क मानिन्छन् केदार भण्डारी । उनै सफल जिल्ला सभापति राजीव कोइरालाको दुई कार्यकालमा जिल्ला सचिवको भूमिका निर्वाह गदै कुशल सङ्गठकका रूपमा परिचित भण्डारी भन्छन्– सुनसरीमा काङ्ग्रेसको जुन गढ बनेको छ, मैले यसलाई जगाइराख्ने आफ्नो मुख्य जिम्मेवारी सोचेको छु । म काङ्ग्रेसलाई एक इन्च पनि कमजोर हुन दिन्न ।

२०५४ सालमा नेपाल बार एसोसिएसन सुनसरीको अध्यक्ष, २०५६ मा प्रजातान्त्रिक कानुन–व्यवसायी सङ्घ (डिएलए)को केन्द्रीय उपाध्यक्ष, २०६० नेपाल बार एसोसिएसनको केन्द्रीय उपाध्यक्ष, २०६३ मा नेपाली काङ्ग्रेस सुन्सरीको जिल्ला सदस्य तथा २०६७ मा काङ्ग्रेसको निर्वाचित जिल्ला सचिव भई नेतृत्व क्षमता स्थापित गरेका भण्डारी नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनबाट सुनसरी जिल्ला सभापतिमा निर्वाचित भएका हुन । युवा जमातलाई मूलधारको राजनीतिमा ल्याउने र उचित जिम्मेवारीका साथ नेतृत्वमा पु¥याउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको मेयर पदका उम्मेदवार बनेका भण्डारी आफूलाई जनताले ५ देखि ७ हजार मतअन्तरले जिताउने दाबी गर्छन् ।

इनरुवामा विपक्षी दलले जनतामाझ जातीय फन्डा झिकेर फाटो ल्याउन खोजेको भन्दै त्यस्ता भ्रममा नपर्न उनको आग्रह छ । नेपाल काङ्ग्रेस सुनसरीका सभापति तथा इनरुवा नगरपालिकाका मेयर पदका उम्मेदवारभण्डारीले विपक्षी दलले मुस्लिम समुदायमाथि निराधार हल्ला फिजाएर जातीय सदभाव खलल हुने किसिमका अभिव्यक्ति दिने गरेको प्रति सचेत हुन सबैमा आग्रह गरेका छन् । ‘विपक्षी दलहरूमा पराजित मानसिकता देखिन थालेपछि काङ्ग्रेस मुस्लिम समुदाय विरुद्ध छ भनेर अफवाह फैलाइएको रहेछ’ भण्डारीले भने, ‘यस्ता प्रोपोगण्डामा विश्वास नगरौँ ।’ आफू निर्वाचितमा इनरुवालाई कृषि नगरको रुपमा विकास गर्दा यहाँका कृषकहरूलाई १२ महिनै मल र बीउ उपलब्ध गराउने आफ्नो प्रमुख कार्य योजना रहेको भण्डारी बताउँछन् । साथै कृषकहरूलाई आवश्यक सिँचाइको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने आफ्नो योजना रहेको बताउँदै उनले ले इनरुवामा सुविधा सम्पन्न नगर अस्पताल र कलेज बनाउने समेत बताएका छन् ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.