इनरुवा । नेपाल तरुण दल सुनसरी जिल्ला सदस्य आरिफ अन्सारीले विभिन्न पालीकामा स्थानीय तह चुनावलाई लक्षित गर्दै नेपाली काङ्ग्रेस पार्टीको झण्डा हस्तान्तरण गरेका छन् । मेडि ईन्टरप्राईजेज प्रालिका अध्यक्ष समेत रहेका अन्सारीले सदरमुकाम इनरुवा,कोसी,भोक्राहा नरसिंह र हरिनगर क्षेत्रका उम्मेदवारहरुलाई पाँच पाँच सय थान पार्टीको झण्डा हस्तान्तरण गरेका हुन ।

नेपाली काङ्ग्रेस सुनसरीका सभापति समेत रहेका इनरुवा नगरपालिकाका मेयर पदका उम्मेदवार केदार भण्डारी,नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति तथा कोसी गाउँपालीका अध्यक्ष पदका उम्मेदवार ऐयुब अन्सारी,भोक्राहा नरसिंह गाउँपालीका अध्यक्ष पदका उम्मेदवार अजमल अख्तर आजाद र हरिनगर गाउँपालीका अध्यक्ष पदका उम्मेदवार गफार अन्सारीलाई पाँच पाँच सय थान गरी जम्मा दुईहजार थान नेपाली काङ्ग्रेस पार्टीको झण्डा हस्तान्तरण गरेको उनले जानकारी दिए ।


आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट नगर प्रमुखदेखि पालीका प्रमुख पदसहितका उम्मेदवारहरुलाई प्रत्यक्ष रूपमा भेटेर झण्डा हस्तान्तरण गरिनुका साथै विजयी शुभकामना समेत दिएको अन्सारीको भनाइ छ । झण्डा वितरण कार्यक्रममा जमालुद्दिन मन्सुरी,रिजुल आलमलगायतको उपस्थिति रहेको थियो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








