गनेश कुमार यादव
इनरुवा । नेपाली काँग्रसको तर्फबार सुनसरी क्षेत्र नं–२ का संघिय सांसद समेत रहेका सिताराम मेहताले नेपाली काँग्रसको इतिहास मेटाउँने कार्यभएको अभिव्यक्ति व्यक्त गरेका छन् ।नेपाली काँग्रस २ नम्बरको वडा भेला कार्यक्रममा मेहताले नेपाली काँग्रसको इतिहास मेटाउँने कार्य भएको अभिव्यक्ति व्यक्त गरेका हुन् ।
मेहताले ‘जनमत संग्रह देखि इनरुवा–२ साबिक इनरुवा–७ को एउठा इतिहास छ ।,‘ यो वडा नेता जन्माउँने वडा पनि हो, राम बाहादुर बस्नेत, अरविन्द प्रसाद मेहता लगायता नेताहरु यसै वाडबाट उत्पादन भएका नेता हुन ।,तर अहिले आएर ति सबै इतिहास मेटेर जाने डर रहेको उनले कार्यक्रममा अभिव्यक्ति दिएका छन् ।
नेपाली कांग्रेस इनरुवा न.पा. वडा नं. २ द्वारा आयोजित उक्त भेलामा आफ्नो पार्टीबाट उम्मेदवार बनेकाहरुलाई जिताउन कसरी अगाडि बढ्ने भन्ने बारे समेत छलफल गरिएको थियो । यस वडामा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा रन्जेस भट्टराई र सदस्य पदमा पूर्वमेयर राजन मेहता, विरेन्द्र कुमार मेहता, रन्जु पौडेल र धनशरी देवी राम उम्मेदवार रहेका छन् ।
नेपाली कांग्रेस इनरुवा न.पा. वडा नं. २ द्वारा आयोजित उक्त वडा भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, पूर्वमेयर राजन मेहता लगायतको उपस्थिति रहेको थियो ।








