इनरुवा । सुनसरीकौ इनरुवा नगरपालिका वडा नं–२ को वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेवारी दिएका सुजित राणा मगरले चुनाव चिन्ह गुलाबको फुल पाएका छन । नेपाली काँग्रेसका क्रियाशील सदस्य समेत रहेका मगरले काँग्रेसको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिई बैशाख १२ गते इनरुवा–२ को वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
मगरलाई काँग्रेसका नेता तथा कार्यकताले आफ्नो उम्मेदवारी फिर्ता लिइ काँग्रेसलाई सघाउन आग्रह गरेपनि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएनन् । मगरले स्वतन्त्र उम्मेदवारी दिए संगै उनको चर्चा गाउँ टोलदेखी चिया पसलमा हुनथालेको छ । मगरले भने ‘हाम्रो वडा बनाउँन मैले स्वतन्त्र उम्मेदवा दिएको हुँ ।,‘ बिगतका जनप्रतितिधीहरुले वडावासिहरुलाई बिकाशको अनुभुती दिलाउँन सकेनन् ।,‘आफु कुनै पदमा नरहेपनि वडावासिहरुका लागि अहोरात्र खटिरहें र खट्ने छु ’ उनले भने ।