इनरुवा । सुनसरीको कोशी गाउँपालीका वडा नम्बर ७ मा मन्नु भन्ने धिरेन्द्र पाठकले वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेवारी दिएका छन् । केही समय अगाडि सम्म नेकपा एमाले पार्टीमा सक्रिय रहेका उनले पार्टीले टिकट नदिएपछि बैशाख १२ गते वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका हुन ।

स्थानीयका अनुसार नेकपा एमालेका नेता तथा कार्यकताले उनको उम्मेदवारी फिर्ता लिइ पार्टीलाई सघाउन आग्रह गरेपनि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएनन् । पाठकले स्वतन्त्र उम्मेदवारी दिए संगै उनको चर्चा गाउँ टोलदेखी चिया पसलमा हुनथालेको छ । उनले भने ‘हाम्रो वडा बनाउँन मैले स्वतन्त्र उम्मेदवा दिएको हुँ ।,‘ बिगतका जनप्रतितिधीहरुले वडावासिहरुलाई बिकाशको अनुभुती दिलाउँन सकेनन् ।,‘आफु कुनै पदमा नरहेपनि वडावासिहरुका लागि अहोरात्र खटिरहें र खट्ने छु ।’
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








