इनरुवा । सुनसरी जिल्लाको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका वडा नम्बर ९ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका नेकपा एमालेका बसिर भन्ने बसिरमुद्दिन मन्सुरी बलियो देखिएका छन् । २०७४ सालको निर्वाचनमा समेत सोही पदमा निर्वाचित भएका मन्सुरी यसपटक पनि बलियो उम्मेदवारका रूपमा देखिएका छन् । आफू पाँच वर्षको अवधिमा जनताको माग र अपेक्षाअनुसार विकास निर्माणकार्य गरेको बताउदै उनले त्यसैले वडा नम्बर ९ बबिया क्षेत्रका जनता आफ्नो पक्षमा लागेको बताउँछन् ।
आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै इनरुवा क्षेत्रमा चुनावी सरगर्मी बढेको पाइन्छ ।यसै क्रममा इनरुवा नगरपालिका वडा नम्बर ९ मा पनि यतिबेला नेकपा एमाले पार्टीको तर्फबाट वडाध्यक्ष पदका लागि कुशल राजनीतिज्ञ तथा समाजसेवी मन्सुरी बलियो दाबेदार देखिएको स्थानीय बताउँछन् । उनलाई आफ्नै वडाका प्रतिस्पर्धीले समेत वडाध्यक्षको सबैभन्दा बलियो दाबेदारको रुपमा हेर्दै आएका छन ।
उनी विगत लामो समयदेखी निस्वार्थ रुपमा पार्टी राजनीतिमा लागेका छन । आफूलाई जनताले पुनः निर्वाचित गराएको अवस्थामा कार्यकाल भरी जनताको सेवामा दिनरात नभनी खटिने वडाध्यक्ष पदका उम्मेदवार मन्सुरीको भनाइ छ । राजनीतिलाई पेशा होईन, सेवाको रुपमा हेरिनुपर्छ भन्ने मान्यता राख्ने मन्सुरीको पक्षमा फरकदलमा आस्था राख्ने नेताकार्यकर्ताको समेत देखिएका छन् । त्यसैले उनी इनरुवा नगरपालिका वडा नम्बर ९ बबिया मात्रै नभई इनरुवा क्षेत्रमै जनतामाझ लोकप्रिय छन् । त्यस क्षेत्रका जनताले पनि अन्य उमेदवार लाई भन्दा मन्सुरीलाई सहयोग गर्ने बताउँदै आएका छन ।
वडाध्यक्षको भाईबाट कुटिए डाक्टर राई
सुनसरी जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डा. सन्तोष राई शनिवार अस्पताल परिसर भित्रै कुटिएका छन् । डा.राईका अनुसार इनरुवा नगरपालिकाका ६...