भण्टाबारी । सुनसरी जिल्लाको भारतसँग सीमा जोडिएको कोसी गाउँपालिकामा नेपाली काङ्ग्रेसप्रति सर्वसाधारणको लहर बढ्दै गएको छ । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएसँगै सदरमुकाम इनरुवा,कोसी,हरिनगर,भोक्राहा नरसिंह,देवानगंजलगायतका क्षेत्रमा नेपाली काङ्ग्रेसप्रति सर्वसाधारणको लहर बढेको हो ।
आगामी वैशाख ३० गतेहुने स्थानीय तह निर्वाचनको लागि कोसी गाउँपालीका अध्यक्ष पदका लागि नेपाली काङ्ग्रेसको तर्फबाट नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति समेत रहेका ऐयुब अन्सारी मैदानमा उत्रिएका छन् भने उपाध्यक्ष पदका लागि अनितादेवी यादवले उम्मेदवारी दर्ता गराएकी छन् ।
स्थानीय तह निर्वाचनमा टिकट पाएका उम्मेदवारहरुलाई जिताउन नेपाली काङ्ग्रेस पार्टीले प्रचारप्रसार अभियानलाई तीव्रता दिएको सभापति अन्सारले जानकारी दिए । सोही क्रममा अन्सारीको नेतृत्वमा कोसी गाउँपालीका ८ भण्टाबारीमा मंगलबार दिउँसो सयौंको संख्यामा नेताकार्यकर्तासहित घरदैलो अभियान कार्यक्रम सम्पन्न गरिएको छ ।
सयौंको संख्यामा रहेको नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागितामा निकालिएको उक्त बृहत मोटरसाइकल र्यालीमा कांग्रेस जिन्दावाद, अध्यक्ष ऐयुब अन्सारी सहितका उम्मेदवारलाई बिजयी बनाऔं, कांग्रेसका नाराहरु लगाउँदै भण्टाबारीभरी घरदैलो कार्यक्रम गरिएको हो । लामो समयदेखि पार्टी र समाजमा योगदान गरेका व्यक्तिलाई टिकट वितरण गरिएकाले नेपाली काङ्ग्रेसप्रति कोसी गाउँपालीकासहित सुनसरी क्षेत्र नम्बर ४ काङ्ग्रेसप्रति जनताको आकर्षक बढेको सभापति अन्सारीले बताए ।
कोसी गाउँपालीका ८ मा आयोजित घरदैलो कार्यक्रम अध्यक्ष पदका उम्मेदवार ऐयुब अन्सारी,उपाध्यक्ष पदका उम्मेदवार अनिता यादव,कोसी गाउँपालीका वडा नम्बर ८ का वडाध्यक्ष उम्मेदवार बलराम क्षेत्री,सदस्य पदका उम्मेदवार कमरुद्दिन मियाँ,सदानन्द मण्डल,राजकुमार साह, तारादेवी पौडेल,सरजुग सरदार,मन्जुर आलम, धर्मेन्द्र विश्वास,उसमान मियाँ, हाजी उसमान,ऐजुल मियाँ,मिनतुल मियाँ,ताहिर मियाँ, अल्फेज अन्सारीलगायतको सहभागिता रहेकोे थियो ।