श्रीपुर । नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति तथा कोसी गाउँपालीका अध्यक्ष पदका उम्मेदवार ऐयुब अन्सारीको क्रेज बढ्दै गएको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित भएपछि अन्सारी नेतृत्वमा भएको विकास निर्माणकार्यबाट सर्वसाधारणमा उनको क्रेज बढेको हो । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट अध्यक्ष पदका उम्मेदवार बनेका अन्सारी हाल घरदैलो अभियानमा व्यस्त छन् । कोसी गाउँपालीका वडा नम्बर १ बाट घरदैलो अभियान थालेका अन्सारी नेतृत्वको टिमले वडा नम्बर २,७ र ८ मा घरदैलो अभियान गर्दै बिहीबार घरदैलो अभियानका क्रममा वडा नम्बर ६ श्रीपुर पुगेका थिए ।

कोसी गाउँपालीका वडा नम्बर छ २०७४ सालमा सम्पन्न निर्वाचनबाट प्रदेश सांसदमा निर्वाचित भएका प्रदेश नम्बर १ का पूर्व उद्योग वन,पर्यटन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुशियैतको वडा समेत हो । नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका कुशियैतको बसोबास गर्दै आएका कारण वडा नम्बर छ लाई कम्युनिस्टको गढको रूपमा चिनिने गर्दछ । जसलाई विगत निर्वाचनको मत परिणामले समेत पुष्टि गर्दछ । अघिल्लो स्थानीय तह निर्वाचनबाट उक्त वडामा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका इन्द्रदेव यादवले चुनाव जितेका थिए । तर उनको कार्यकालमा जनअपेक्षाअनुसार कार्य हुन सकेन भने सोही वडा घर भएका मन्त्री कुशियैत प्रदेश सरकारमा लामो समयसम्म प्रभावशाली मन्त्री भएपनि अपेक्षाअनुसार विकास निर्माणकार्य उनले समेत गर्न सकेनन् ।

वर्षौदेखि कम्युनिस्टको गढ भनेर चिनेको वडा नम्बर ६ मा जनताको अपेक्षा अनुसार विकास निर्माणकार्य हुन नसकेको गुनासो गर्दै स्थानीय राहुल झा स्थानीय जनता अब परिवर्तनको पक्षमा रहेको बताउँछन् । कोसी गाउँपालीका क्षेत्रको अन्य वडामा पाँच वर्षको अवधिमा तीव्र रूपमा विकास निर्माणकार्य भएपनि एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका जनप्रतिनिधिले नेपाली काङ्ग्रेसले श्रेय पाउने भन्दै विकास निर्माणकार्यमा अवरोध गरेका कारण विकास निर्माणकार्य हुन नसकेको स्थानीयको गुनासो छ । सोही कारण बिहीबार वडा नम्बर ६ श्रीपुरमा घरदैलो अभियानका क्रममा पुगेका कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीको पक्षमा जनलहर देखिएको अर्का स्थानीय सरोज भुसकुलियाको भनाइ छ । जनता अब आश्वासन नभई विकास निर्माणको पक्षमा रहेको बताउदै उनले विकास गर्ने उम्मेदवारलाई आगामी वैशाख ३० गते हुने निर्वाचनमा आफूहरूले मतदान गर्ने बताए । घरदैलो अभियानका क्रममा अन्सारीको नेतृत्वमा वडा नम्बर ६ मा सयौंको संख्यामा उपस्थिति रहेको थियो । घरदैलो कार्यक्रममा उपाध्यक्ष पदका उम्मेदवार अनिता यादव,वडा नम्बर ६ वडाध्यक्ष पदका उम्मेदवार जयशंकर खड्कासहितको उपस्थिति रहेकोे थियो ।जनता विकासको पक्षमा रहेको बताउदै कोसी गाउँपालीका अध्यक्ष पदका उम्मेदवार अन्सारीले अबको सचेत र जागरुक समाज कोही कसैको प्रभाव र दबाबमा आएर नभई बोलेको कुरा पूरा गर्ने ईमानदार व्यक्तिलाई मतदान गर्ने पक्षमा देखिएको बताए ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








