इनरुवा । सुनसरी जिल्लाको देवानगंज गाउँपालिकामा नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट अध्यक्ष पदका उम्मेदवार श्यामलाल मेहता घरदैलो अभियानमा व्यस्त छन् । जम्मा २३ हजार मतदाता रहेका देवानगंज गाउँपालिकाको अध्यक्ष पदमा पुनः नेपाली काङ्ग्रेस उम्मेदवार बलियो देखिएको छ । यस गाउँपालीकामा नेपाली काङ्ग्रेसका उम्मेदवार श्यामलाल मेहता र जनता समाजवादी पार्टीका उम्मेदवार बेचन मेहताबीच मुख्य प्रतिस्पर्धा हुने स्थानीय बताउँछन् ।

अघिल्लो निर्वाचनमा देवानगंज गाउँपालीकामा चारपक्षीय प्रतिस्पर्धा भएकोमा यसपटक दुईपक्षीय प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । यसपटक देवानगंज गाउँपालीकामा नेकपा एमाले कमजोर देखिएको छ भने श्यामलाल र बेचन मुख्य प्रतिस्पर्धीका रूपमा देखा परेका छन् । लामो समयदेखि संघर्षमा रहेका श्यामलाल मेहता देवानगंजका सबै वडामा घर-घरमा गई भोट मागिरहेका छन् । उनि भन्छन् -“म गरिबको छोरा हूँ, तर कांग्रेसको उम्मेदवार हूँ, त्यसैले पार्टीका सबै नेताहरूले साथ दिनैपर्छ । मेरालागि कांग्रेसका सबै अग्रज आदरणीय हुन् उहाँहरुको मनको कुरा उहाहरुलाई नै थाह होला” । बौद्धिक किसिमका प्रचार शैली, साउण्ड, पम्प्लेट लिएर श्यामलाल जनताका घर-घरमा पुग्ने गरेका छन् । आफूलाई जिताए यो यो कार्य गर्ने लिष्ट सहित श्यामलाल मतदाताका घरमा पुग्ने गरेका छन् ।

कांग्रेसले पुरानै वडा अध्यक्षहरुलाई दोहराएका छन् भने अन्य पार्टीका उम्मेदवारहरुले उनिहरुका प्रतिस्पर्धामा उत्रेका छन् ।स्थानीयहरुका अनुसार वडा नम्बर १ मा काङ्ग्रेसका सुर्यनारायण पाल सजिलैसँग जित्ने अवस्था देखिन्छ भने जसपाका उम्मेदवार किशोर पाल र एमालेका बिनोद पालले केहि मत काट्ने छन् । वडा नम्बर २ मा काङ्ग्रेसका मज्लुम अन्सारी र जसपाका कृष्ण बल्ल्व मेहताबीच प्रतिस्पर्धा देखिएको छ त्यसैगरी एमालेका उम्मेदवार मेहता पनि प्रतिस्पर्धामा छन् । त्यसैगरी वडा नम्बर ३ मा जसपालाई आफ्नो शाख बचाउनुपर्ने चुनौती छ भने कांग्रेसका पुलेन मेहता र माओवादी उम्मेदवारले यहाँ कडा प्रतिस्पर्धाको अवस्था सृजना गरेका छन् ।

वडा नम्बर ४ मा भने कांग्रेसका चन्देश मेहता मज्जाले जित्ने अवस्था छ भने जसपा र एमालेले केहि मत लाट्ने छन् ।त्यसैगरी वडा नम्बर ५ मा कांग्रेसका अशोक यादवलाई एमाले र माओवादी उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । त्यस्तै वडा नम्बर ६ मा काङ्ग्रेसका देवनारायण मेहतालाई कांग्रेसकै विद्रोही उम्मेदवार किसुनदेव मेहताको प्यानलले प्रतिस्पर्धा दिई रहेका छन् । वडा नम्बर ७ मा भने कांग्रेसका बद्री यादव निकै अगाडि छन् भने एमाले र एकजाना स्वतन्त्र उम्मेदवारले उनको मत काट्ने अवस्था रहेको छ ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








