इनरुवा । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हरिनगर गाउँपालीका अध्यक्ष पदका लागि गफार मियाँ अन्सारीले पुनः उम्मेदवारी दिएका छन् । सुनसरी जिल्ला नेपाली काङ्ग्रेस पार्टीका प्रभावशाली व्यक्ति समेत रहेका अन्सारी गरीब, मजदुर, विपन्न तथा सर्वहाराका निम्ति सदैव काम गर्दै आएका छन् । २०७४ सालको निर्वाचनमा पनि हरिनगर अध्यक्षमा निर्वाचित भएर जनताको काममा प्रत्यक्ष सहभागी भएका उनले यस क्षेत्रका जनताको समस्या समाधान गर्न अहोरात्र खटिदै आएका छन् । त्यसैले हरिनगर क्षेत्रका जनता अन्सारीलाई लोभलाग्दो र आशलाग्दो नेताका रूपमा स्थापित गरेका छन् । पहिलो कार्यकालमा बाँकी रहेका कामहरूलाई पूर्णता दिन दोश्रो कार्यकाल आवश्यक भएको बताउँदै उनले हरिनगर गाउँपालीकालाई प्रदेश नम्बर १ कै नमुना पालीका बनाउने दाबी गर्छन् ।

उनले भने, ‘पहिलो कार्यकालको समय गाउँपालीकालाई व्यवस्थित गर्ने काममा बित्यो । पालीकाको विकासका लागि महत्वपूर्ण आधारहरू निर्माण भएका छन्, अब यहाँहरूले जिताउनुभएको अवस्थामा दोस्रो कार्यकालमा अपूरा कामहरू पूरा गरेर हरिनगरलाई नमुना पालीका बनाउने छु ।’०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा गाउँपालीका अध्यक्षमा निर्वाचित भएका अन्सारीको पहिलो कार्यकाल सक्रिय एवम् उपलब्धीपूर्ण मानिएको छ । ०७४ को स्थानीय निर्वाचनमा निर्वाचित हुँदा हरिनगर गाउँपालीकाका निवर्तमान अध्यक्ष अन्सारीले आफ्नो पालीकामा सडक विस्तार, स्तरोन्नति र पक्कि बनाउने कार्यमा महत्त्वपूर्ण काम गरेका छन् । आफ्नो कार्यकलमा उनको नेतृत्वमा कच्ची बाटोलाई ग्राभेल र ग्राभेल बाटोलाई पक्की सडक निर्माण गरेको छ । मुख्य सडकहरु सँग जोडिएका भित्री सहायक सडकहरुको स्तरोन्नति गर्ने र पक्कि सडक निर्माण गर्ने कार्य समेत अन्सारीले आफ्नो कार्यकालमा गरेका छन् ।
यस्तो छ अन्सारीको राजनीतिक यात्रा
२०४७ सालदेखि राजनितिक यात्रा सुरु गरेका उनले २०७४ सालको स्थानिय निर्वाचनमा विजयी भएर एक कार्यकाल चलाइसकेका छन् । उनले २०४९ र ५४ सालमा भुटाहा गाविसको उपाध्यक्ष भएर १० वर्ष काम समेत गरेका थिए । अन्सारी अघिल्लो कार्यकालमा आफूले सोचे जस्तो ७५ प्रतिशत काम पूरा गरेको बताउदै सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा काम गरे हरिनगर गाउँपालिकालाई प्रदेश नम्बर १ कै विकासमा नमुना गाउँपालिका बनाउन सफल भएको दाबी गरे । उनले भने ‘हामीले ५ वर्षमा कालोपत्र भुटाहा देखि भारतको बस्मतिया बोडरसम्मको सडक जोड्ने काम सम्पन्न भएको छ । भुटाहा बजारदेखि साबिक दुई नम्बर हुँदै एक नम्बर सम्मको सडक कालोपत्रको काम पनि सम्पन्न भइसक्यो । हरिनगरा देखि गौतमपुर हुँदै नयाँ हाटसम्मको सडक कालोपत्र सम्पन्न गरेको छु।`
अन्सारीले थप्दै भन्छन् ´हरिनगरा देखि खडिटोल हुँदै सिडियो चौकसम्मको सडक कालोपत्र सम्पन्न गरेर पुलको काम हुँदैछ । हरिनगरा देखि वसन्तपुरसम्मको सडक कालोपत्र भइसकेको छ। वसन्तपुरदेखि घुरणा बोडरसम्मको सडक कालोपत्र बनाएका छौ । घुस्की बजारदेखि देवानगंजसम्मको सडक कालोपत्र गरेको छु। घुस्कीदेखि अरनामा हुँदै वसन्तपुरसममको सडक कालोपत्र भइसकेको छ। भिखारी मण्डलको घरदेखि सशस्त्र प्रहरी बल वसन्तपुरसम्मको सडक कालोपत्र भइसकेको छ।`

सशस्त्र प्रहरी बल वसन्तपुरदेखि शिशुवा हुँदै बस्मतिया सडकसम्मको जोड्ने सडकको काम हुँदैछ । घुसकी बजारदेखि बिकरमपुर हुँदै सशस्त्र प्रहरी बल घुस्कीसम्मको सडकमा काम हुँदैछ । भुटाहा बजारदेखि वसन्तपुर जोड्ने सडकको काम हुँदैछ । केही अधुरा काम बाँकी छन्, फेरी निर्वाचित भएमा पूर्ण गर्नेछु ।’ आफ्नो काममा पालिकावासी सन्तुष्ट रहेको बताउँदै उनले भने, ‘मलाई काम गर्न यहाँका जनताले साथ सहयोग गरेका छन् । सबै नागरिक समाज, राजनितिक दल, बुद्धिजीवि समुदायलाई समेटेर मैले ५ वर्ष काम गरे । उहाँहरुले सहजीकरण गर्नु भयो । निराश नबनाई सहयोगी भावनाले काम गर्न सफल भए ।’
शिक्षा क्षेत्रमा हरिनगरा माविलाई नमुना मावि बनाएका छौं माविलाई नमुना भवन बनाएर विद्यार्थीलाई सुविधा सम्पन्न विद्यालय र आधुनिक शिक्षा हासिल गर्ने शिक्षामा सुधार गरेका छौं । त्यसैगरी जनता मावि गौतमपुरमा पनि आधुनिक भवन बनाएका छौ । विषयगत शिक्षक उपलब्ध गराएको छु। विद्यालयमा चाहिने सामग्री उपलब्ध गरायो । बालकृष्ण मावि भुटाहामा पनि दुई वटा आधुनिक भवन बनाएका छौ। वसन्तपुर माविलाई पनि भवन दिएको छु। समुदाय, धर्मिक र संस्थागत विद्यालयहरुमा पनि आधुनिक तरिकाबाट शिक्षा दिनका लागि स्मार्ट टिभी हस्तान्तरण गरेका छौ। हरिनगरका किसानहरुलाई पनि आधुनिक कृषि औजार, समय समयमा विउविजन मल खाद्य वितरण गरेका छौ। हरिनगरका वसन्तपुर २० वर्ष देखि बिजुली नपरेको ठाउँमा हामीले बिजुली पुगाउन सफल भयो । हरिनगका गलिगलि बिजुली बत्ती पुगाएका छौं। कोभिड महामारीको बेला हरिनगरमा कोभिड अस्पताल संचालन गरेर हरिनगरवासीलाई सुविधा दिएका कुरा सबैलाई थाहा नै छ अन्सारीले भने ।
हामीले संचालन गरेको कोभिड अस्पतालमा १३ सय जना भन्दा बढी जनतालाइ उपचार गराएका छौं । कोभिड अस्पताल संचालन गरेर हरिनगरका जनतालाई बाहिर जान दिएन भारतबाट आएका र विदेशबाट आएका जनतालाई हामी सिधा आफ्नो पालिकामा ल्याएको थियो । हामीले संचालन गरेको अस्पतालमा भोक्राहा नरसिंह, देवानगंज, बर्जु, गढी, दुहबी, बराहक्षेत्र र इनरुवाका पालिकाहरुका जनतालाई समेत उपचारमा सहयोग गर्यौं । उनले आफू पुनः निर्वाचित भएमा कृषि उत्पादनलाई वृद्धि गर्नका निमित्त आधुनिकीकरण गर्ने र सिचाईँका लागि बोर्डिङ गर्ने बताए । साथै युवालाई स्वरोजगार बनाउन मुख्य भूमिका खेल्ने बताए । उनी यसपटक पनि आफूले निर्वाचन जित्नेमा विश्वस्त छन् । उनले भने, ‘मलाई विश्वास गरेर अघिल्लो चुनावबाट जनताले जिताएका थिए यसपटक पनि जिताउनेमा विश्वस्त छु ।´








