ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

भोक्राहा नरसिंहमा काङ्ग्रेस जिताउन सक्रियता

आवर कोशी by आवर कोशी
बैशाख २५, २०७९
भोक्राहा नरसिंहमा काङ्ग्रेस जिताउन सक्रियता
70
SHARES
Share on FacebookShare on Twitter

भोक्राहा । भोक्राहा नरसिंह गाउँपालीकामा नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार बनेका अजमल अख्तर आजादले आफ्नो संकल्प पत्र सार्वजनिक गरेका छन् । “गाउँपालीका विकासमा स्थानीयको सहकार्य र अपनत्व, समृद्ध भोक्राहा नरसिंहका लागि अजमल अख्तर आजादको नेतृत्व” भन्ने नाराका साथ बनाइएको उक्त संकल्प पत्र भोक्राहा नरसिंह गाउँपालीका स्थित चिरौली चोक शनिबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । उक्त संकल्प पत्रमा “खेतदेखि बजारसम्म कृषिमा आधुनिकता,समुन्नत कृषि शहर भोक्राहा नरसिंहको प्राथमिकता” भन्ने नाराका साथ स्वास्थ्य,शिक्षा,कृषि र पूर्वाधारलाई विशेष जोड दिइएको छ । उक्त कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालीकाका उम्मेदवार अजमल अख्तत आजाद,उपाध्यक्ष पदका उम्मेदवार सुनिताकुमारी उराँव,जमिल अख्तर आजाद, हाजी डाक्टर इसराइल मन्सुरी, अबुल हुसेन अन्सारी,युवराज दाहाल, सूर्यदेव दास उराँव, सत्रुघन यादव, राजेन्द्र मेहता,असफाक आलमलगायतको उपस्थिति रहेकोे थियो ।

सोही कार्यक्रममा बोल्दै भोक्राहा नरसिंह गाउँपालीका पदका उम्मेदवार अजमल अख्तर आजादले विगतमा निर्वाचित जनप्रतिनिधिले सर्वसाधारण जनतालाई ढाट्ने काम मात्रै गरेकाले आफू निर्वाचित भएको अवस्थामा शिक्षा,स्वास्थ्य,कृषिलगायत जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे । आजादले नेपाली काङ्ग्रेस पार्टी जनताको पार्टी भएको बताउदै यसपटक भोक्राहा नरसिंह गाउँपालीकाका जनता परिवर्तनको पक्षमा रहेकाले नेपाली काङ्ग्रेस पार्टीलाई भोट हाल्न आतुर रहेको दाबी गरे । यसपटक भोक्राहा नरसिंह गाउँपालीकामा नेपाली काङ्ग्रेस पार्टी भित्र विगत जस्तो फुट नभएकोले काङ्ग्रेसले जित्ने सम्भावना बलियो देखिएको छ । त्यस्तै सोही कार्यक्रममा बोल्दै जमिल अख्तर आजादले व्यक्ति नभई नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवार जिताउन आ आफ्नो तह र तप्काबाट सहयोग गर्न सबैमा आग्रह गरे ।

त्यस्तै हाजी डाक्टर इसराइल मन्सुरीले भोक्राहा नरसिंह गाउँपालीकामा नेपाली काङ्ग्रेसबाहेक अर्को कुनै विकल्प नभएको बताए । सोही कार्यक्रम आफ्नो धारण राख्दै नेपाली काङ्ग्रेसका युवा नेता तथा नेपाली काङ्ग्रेस युवा प्रचार नेटर्वक उपसमितिका केन्द्रीय सदस्य डा. अबुल हुसेन अन्सारीले भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली काङ्ग्रेसका उम्मेदवार बिजयी भए तीन महिनामा एम्बुलेन्स प्रदान गर्ने बताए । भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली काङ्ग्रेसको तर्फबाट अध्यक्ष पदमा प्रत्यासी उम्मेदवार अजमल अख्तर आजाद लगायतको टिम बिजयी भए तीन महिना भित्र पालिकालाई एम्बुलेन्स प्रदान गरिने उनको दाबी छ ।

भोक्राहा नरसिंह गाउँपालिकामा प्राविधिक शिक्षालाई जोड दिँदै काङ्ग्रेसका युवा नेता डा. हुसेन अन्सारीले व्यतिmगत सहयोगबाट गुणस्तरीय शिक्षा प्रदान गरिने समेत बताएका छन् । नेपाली काङ्ग्रेसका युवा नेता डा. हुसेन अन्सारी काठमाण्डौंबाट आफनो गृह जिल्ला भोक्राहा नरसिंह पुगेर घोषणा पत्र सार्वजनिक कार्यक्रमलाई सम्वोधन गर्दै कांग्रेसले आफनो बिरासत फर्काउनका लागि यस पटक सफल हुने विश्वास व्यक्त गरे । नेपाली कांग्रेसको गढ मानिएको भोक्राहा नरसिंह गाउँपालिकामा गत स्थानीय तहका तत्कालिन संघीय समाजवादी पार्टीबाट अध्यक्ष पदमा महेन्द्र प्रसाद यादव निर्वाचित भएका थिए । नेपाली काङ्ग्रेस यसपटको निर्वाचनमा तन,मन र धनले एक आपसमा सहयोग गरी नेपाली कांग्रेसका उम्मेदवारहरुलाई जिताउन आवश्यक रहेको संकल्प पत्र कार्यक्रममा बोल्दै नेता सत्रुघन यादवले बताए । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसको चुनाव चिन्ह रुख छापमा मतदान गरी भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र ८ वटै वडामा वडाध्यक्ष र सदस्यहरुमा पदका जिताउन नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह गाउँपालीका सभापति तथा वडा नम्बर १ का वडाध्यक्ष पदका उम्मेदवार युवराज दाहालले बताए ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.