लौकही । सुनसरी जिल्लाको भारतसँग सीमा जोडिएको कोसी गाउँपालिकामा नेपाली काङ्ग्रेसप्रति सर्वसाधारणको लहर बढ्दै गएको छ । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएसँगै सदरमुकाम इनरुवा,कोसी,हरिनगर,भोक्राहा नरसिंह,देवानगंजलगायतका क्षेत्रमा नेपाली काङ्ग्रेसप्रति सर्वसाधारणको लहर बढेको हो ।

आगामी वैशाख ३० गतेहुने स्थानीय तह निर्वाचनको लागि कोसी गाउँपालीका अध्यक्ष पदका लागि नेपाली काङ्ग्रेसको तर्फबाट नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति समेत रहेका ऐयुब अन्सारी मैदानमा उत्रिएका छन् भने उपाध्यक्ष पदका लागि अनितादेवी यादवले उम्मेदवारी दर्ता गराएकी छन् । स्थानीय तह निर्वाचनमा टिकट पाएका उम्मेदवारहरुलाई जिताउन नेपाली काङ्ग्रेस पार्टीले प्रचारप्रसार अभियानलाई तीव्रता दिएको सभापति अन्सारले जानकारी दिए । सोही क्रममा अन्सारीको नेतृत्वमा कोसी गाउँपालीका ४ मा शनिबार दिउँसो सयौंको संख्यामा नेताकार्यकर्तासहित घरदैलो अभियान कार्यक्रम सम्पन्न गरिएको छ भने विभिन्न वडा वडा क्रियाशील सदस्यहरुलाई राखेर कार्यक्रम आयोजना गरिएको छ ।

सयौंको संख्यामा रहेको नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागितामा कोसी गाउँपालीकामा ४ मा आयोजित घरदैलो कार्यक्रममा नेपाली काङ्ग्रेस जिन्दावाद, अध्यक्ष ऐयुब अन्सारी सहितका उम्मेदवारलाई बिजयी बनाऔं, काङ्ग्रेसका नाराहरु लगाउँदै कोसी ४ भरी घरदैलो कार्यक्रम गरिएको हो । लामो समयदेखि पार्टी र समाजमा योगदान गरेका व्यक्तिलाई टिकट वितरण गरिएकाले नेपाली काङ्ग्रेसप्रति कोसी गाउँपालीकासहित सुनसरी क्षेत्र नम्बर ४ काङ्ग्रेसप्रति जनताको आकर्षक बढेको सभापति अन्सारीले बताए । कोसी गाउँपालीका ४ मा आयोजित घरदैलो कार्यक्रम अध्यक्ष पदका उम्मेदवार ऐयुब अन्सारी,उपाध्यक्ष पदका उम्मेदवार अनिता यादव,कोसी गाउँपालीका वडा नम्बर ४ का वडाध्यक्ष उम्मेदवार तजमुल हुसेन,वाजुद्दिन मियाँलगायतको सहभागिता रहेकोे थियो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








