ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

कोसीमा नेपाली काङ्ग्रेसको शक्ति प्रदर्शन

आवर कोशी by आवर कोशी
बैशाख २७, २०७९
कोसीमा नेपाली काङ्ग्रेसको शक्ति प्रदर्शन
127
SHARES
Share on FacebookShare on Twitter

लौकही । नेपाली काङ्ग्रेसले कोसी गाउँपालीकामा आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित लौकहीमा शक्ति प्रदर्शन गरेको छ । नेपाली काङ्ग्रेस कोसी गाउँपालीका कार्य समितिले मंगलबार आयोजना गरेको उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टीका कृयासिल सदस्यसहित पाँचहजार बढीको सहभागिता रहेकोे थियो । सुनसरी क्षेत्र नम्बर ४ का संघीय सांसद,नेपाली काङ्ग्रेस पार्टीका केन्द्रिय सदस्य तथा सूचना प्रविधि तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति तथा कोसी गाउँपालीका अध्यक्ष पदको उम्मेदवार ऐयुब अन्सारी,उपाध्यक्ष पदको उम्मेदवार अनिता यादव,केन्द्रिय महाधिवेशन प्रतिनिधिहरु अबुल हुसेन अन्सारी,प्रमोद खेरवार, फरिदा खातुन,सदानन्द मण्डल, रेवतीरमण दुलाललगायतका नेताहरुको उपस्थिति रहेकोे थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सरकारका प्रवक्ता समेत रहेका कार्कीले सुशासन, विकास र समृद्धिको नेपाली काङ्ग्रेस अर्को कुनै विकल्प नरहेको बताए । देशमा सुशासन, विकास र समृद्धिबिना राजनीतिक परिवर्तन दिगो हुन नसक्ने भएकाले वर्तमान सरकारले राजनीतिकलाई पेशा नभई सेवाको भावले काम गरिरहेको उनको भनाइ छ । वर्तमानका लागि मात्रै नभई भावि पुस्तालाई विकसित मुलुकको नागरिक बनाउने, भाषणमा मात्रै नभई व्यवहारमा विकास, सुशासन र समृद्धिको अनुभुति दिलाउने र आफ्नै गाउँघरमा स्वरोजगार सृजना गरि देशलाई समृद्ध बनाउन काङ्ग्रेस बाहेक अर्को विकल्प नभएको मन्त्री कार्कीको भनाइ छ ।

निर्वाचनमा जित्नेलाई कुर्सीमा बस्ने मात्रै नभई देशलाई, गाउँलाई र प्रदेशलाई समृद्धि तर्फ लानका लागि भएकाले स्वतन्त्र, निर्भिक र भयरहित वतावरणमा योग्य उम्मेदबारलाई जिताउन आग्रह उनले आग्रह गरे । यो मुलुकलाई विकास,कानुनी शासन, सुशासन र समृद्धिको बाटोमा लानका लागि आन्तरिक समस्यालाई समन्वय गरि समाधान गरि विभेद रहित तबरले काम गर्नुपर्ने बेला आएको र त्यसमा वर्तमान सरकारले प्रतिवद्ध भएर लागिपरेको मन्त्री कार्कीको भनाइ छ । दक्षिण एसियाको विकसित मुलुकको सुचीमा नेपाललाई सृचिकृत गर्न नेपाली काङ्ग्रेसको सरकार आवश्यक रहेको समेत उनले बताए । समान्तालाई भाषणलाई मात्रै नभई सबै विपन्न, दलित, सिमान्तकृत सहित सबै नागरिकलाई खुसी, सुखी र समृद्ध बनाउनका लागि नेपाली काङ्ग्रेस नेतृत्वको सरकारले काम गरिरहेको बताउदै मन्त्री कार्कीले स्थानीय तहको निर्वाचन सहित प्रदेश र संघीय निर्वाचन पछि तीनै तहमा नेपाली काङ्ग्रेसको सरकार बन्ने दाबी गरे । उनले भने विगतको एमाले सरकारले देशको विकास भन्दा विनासको गतिमा लगेको र अझैसम्म सोही सरकार भएको भए अहिले श्रीलंकाको हालतमा नेपाल पुग्ने अवस्था आउने थियो, तर ओली सरकर वहिरगमन भएकाले जोगिएको हो । मन्त्री कार्कीले विकासको भिजन नभएका एमालेको सरकारले गर्दा जनतामा उत्साह आउन नसकेकाले त्यसमा वर्तमान गठबन्धन सरकारले उत्साह ल्याउन प्रयास जारी राखेको बताए ।

देशभरका स्थानीय तहमा एकसाथ वैशाख ३० गते भईरहेको स्थानीय तह निर्वाचनलाई राष्टिय पर्व र उत्सवका रुपमा लिन मतदाताहरुलाई आग्रह गर्दै मन्त्री कार्कीले निर्भिक भएर मतदान आग्रह गर्दै कुरा गर्ने भन्दा काम गर्नेलाई व्यक्तिलाई मतदान गर्न उनको सुझाव छ । यसैबीच कोशी गाउँपालिकाको नेपाली काङ्ग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदबार ऐयुव अन्सारीले विकासमा मुहार फेर्ने काम र विगतको घोषणा पत्र भन्दा बढी काम गरेको तर पनि केही अधुरा कामहरुलाई पुरा गर्न पुनः उम्मेदबार भएकाले जनताले जिताउने आफू आशावादी रहेको बताए । विकासबाट प्रभावित भएकाहरुले विगतको भन्दा धेरै बढी मतले जिताउने बताउदै उनले आफूले पाँच वर्षको अवधिमा जनताको मर्म र भावनाअनुसार चौतर्फी विकास निर्माणकार्य गरेको बताए । कार्यक्रममा बोल्ने वक्ताहरुले कोसी गाउँपालीकामा विगत पाँच वर्षको अवधिमा भएको विकास निर्माणकार्यले काङ्ग्रेसको जित सुनिश्चित रहेको बताएका थिए । गाउँपालीका विकासको गतिमा अगाडी बढिसकेकाले पुनः एक पटक कोसीमा ऐयुब अन्सारी सत्तामा पुग्नु पर्ने स्थानीयले बताएका छन् । स्वच्छ छवि, जनप्रिय र विकासप्रमी उम्मेदवार अन्सारी मात्रै भएकाले आफुहरुले काङ्ग्रेसलाई नै विजयी गराउने स्थानीयको भनाई छ ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.