लौकही । नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट कोसी गाउँपालीकाको अध्यक्ष पदका उम्मेदवार ऐयुब अन्सारीले नेपाली काङ्ग्रेसमा प्रति जनलहर बढेको बताएका छन् । नेपाली काङ्ग्रेस कोसी गाउँपालीकाका कार्यवाहक सभापति दाउद मन्सुरीको सभापतित्व तथा सूचना प्रविधि तथा संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यमा मंगलबार लौकहीमा आयोजित आसन्न स्थानीय निर्वाचन आमसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । सोही कार्यक्रममा नेकपा माओवादी,नेकपा एमालेसहित विभिन्न पार्टी परित्याग गरी १०० बढी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका थिए ।

काङ्ग्रेस पार्टी जन्ताको पारिने भएको बताउदै नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति समेत रहेको अन्सारीले काङ्ग्रेस प्रति जनताको बिश्वास बढेर गएको बताए । आगामी वैशाख ३० गते हुन गइरहेको निर्वाचनबाट कोसीमा पुनः नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार बन्नेमा उनी ढुक्क छन् । जनप्रतिनिधी निर्वाचित भएर आएको पाँच वर्षको अवधिमा आफ्नो नेतृत्वमा कोशी गाउँपालिकाले पूर्वाधार विकासमा फड्को मारेको अन्सारीको भनाइ छ । उनका अनुसार यहाँ तीन हजार ८९० मिटर सडकको ट्रयाक खोल्ने काम पूरा भएको छ । यस्तै, ६० हजार ६८० मिटर ग्राभेल गर्ने काम भएको छ। यो अवधिमा १३ हजार २८२ मिटर कालोपत्रे गरिएको गाउँपालिकाको रेकर्डमा छ ।

गाउँपालिका क्षेत्रभित्र एक हजार ४४ मिटर नाला निर्माण भएको छ। यस्तै, २ हजार ३८८ मिटर आसिसि रोड निर्माण, एक हजार २४८ पोल बत्ती तथा कृषि मिटर र छवटा स्कुलको भवन निर्माण भएको छ। पाँच वर्षभित्र १२ वटा सौचालय निर्माण, एक हजार ५७७ मिटर विभिन्न स्कुलको कम्पाउन्ड घेराबेरा, एघार वटा कल्र्भट र एउटा कृषि भवन भएको छ। यस्तै, दुईवटा सामूदायिक भवन, एउटा सामूहिक आवास, तीनवटा वडा कार्यालय, तीनवटा प्रस्ती गृह, दुईवटा खोप केन्द्र, चारवटा हेल्थ पोष्ट र एउटा व्यापारिक भवन निर्माण गरिएको अन्सारीले जानकारी दिए । पूर्वाधार विकासका साथसाथै शिक्षा,स्वास्थ्य,कृषि,खानेपानी,सामाजिक विकासलगायत चौतर्फी विकास निर्माणकार्य गर्न सफल भएकाले आफूलाई अधुरो रहेका अन्य विकास निर्माणकार्य गर्ने जिम्मेवारी कोसीका जनता दिनेमा उनको विश्वास छ ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








