ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

इनरुवामा पोखरेल विरुद्ध केदार भण्डारी बलियो

आवर कोशी by आवर कोशी
बैशाख २७, २०७९
इनरुवामा पोखरेल विरुद्ध केदार भण्डारी बलियो
63
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम समेत रहेकोे इनरुवा नगरपालिका यसपटक समेत नेपाली काङ्ग्रेस बलियो देखिएको छ । अघिल्लो निर्वाचनबाट निर्वाचित निवर्तमान मेयर राजन मेहताको नेतृत्वमा नेपाली काङ्ग्रेस पार्टीले उल्लेखनीय विकास निर्माणकार्य गरेको भन्दै इनरुवा नगरका मतदाताहरुले आफूहरु पुनः नेपाली काङ्ग्रेसका उम्मेदवारलाई मतदान गर्ने वचन दिएका छन् । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट मेयर पदको उम्मेदवार बनेका राजन मेहता,उपमेयर पदमा जमुना गौतम पोखरेल निर्वाचित भएका थिए भने यसपटक मेयर पदमा केदार भण्डारी र उपमेयर पदमा बिनिताकुमारी मेहता मैदानमा छिन् । केदार भण्डारी नेपाली काङ्ग्रेस सुनसरी पार्टी सभापति समेत हुन । उनीहरूका विरुद्ध नेकपा एमालेको तर्फबाट मेयर पदमा सरोज पोखरेल र उपमेयर पदमा सहजादी प्रवीण आलम प्रतिस्पर्धामा छन् । इनरुवामा मुख्यतः नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

यसैबीच इनरुवामा मंगलबार नेपाली काङ्ग्रेसले बृहत चुनावी आम सभा कार्यक्रम आयोजना गरेको छ । नेपाली काङ्ग्रेस सुनसरीको पार्टी कार्यालयबाट सयौंको सहभागितामा आयोजित उक्त कार्यक्रममार्फत काङ्ग्रेसले शक्ति प्रदर्शन गर्दै इनरुवा–४ बस चौकमा बृहत चुनावी आम सभा आयोजना गरेको हो । चुनावी आमसभालाई सम्वोधन गर्दै संघीय सांसद सिताराम मेहताले नेपाली काङ्ग्रेसलेक इनरुवा नगरपालिकामा योग्य र दक्ष व्यक्तिहरुलाई टिकट दिएकाले जिताउन आवश्यक रहेको बताए ।

मेयरमा केदार भण्डारी र उपमेयर बिनिताकुमारी मेहता लगायत इनरुवाको १० वटै वडामा सक्षम नेतृत्व गर्न सक्ने उम्मेदवारहरुलाई काङ्ग्रेसले टिकट दिएको बताउदै उनले बिजयी बनाउन मतदाताहरुमा अपिल गरे । पूर्व राज्यमन्त्री समेत रहेका मेहताले नेकपा एमालेले नेपाली काङ्ग्रेस का जिल्ला कार्य समिति सदस्य सहजादी प्रविणलाई राता रात चोरेर लगेको आरोप लगाए । उनले भने ‘नेकपा एमालेका साथीहरुले भ्रम फैलाई रहेका छन् । नेपाली काङ्ग्रेसले मुस्लिम समुदायलाई सम्मान दिएन ।,‘ काङ्ग्रेस सबै जातजातिको साझा पार्टी हो ।’ सबै पालिकामा जात,धर्म अनुसार मिलाइएको हो सांसद मेहताको भनाइ छ ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले इनरुवा नगरपालिकामा पुर्व मेयर राजन मेहताले रात्रीकालिन खेलकुद गरेर अन्तराष्ट्रिय जगतमा इनरुवालाई चिनाउने काम गरेको बताए । इनरुवाको विकासमा टेवा नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिलेक उल्लेखनीय विकास निर्माणकार्य गरेकोले अनर्गल प्रचारबाजी गरेर अन्यदलहरु चुनावी समयमा मत बटुल्नका बिभिन्न प्रोपगण्डा अपनाएको बताए ।

त्यस्तै सोही कार्यक्रम आफ्नो मन्तव्य राख्दै नेपाली काङ्ग्रेस इनरुवा नगर सभापति,निवर्तमान तथा वडा नम्बर २ वडा सदस्य पदका उम्मेदवार राजन मेहताले नेपाली काङ्ग्रेसका उम्मेदवारहरुलाई बिजयी बनाउन सबैमा आग्रह गरे । कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट इनरुवा नगरपालिकाको मेयर,उपमेयर लगायत दश वटै वडाका वडाध्यक्ष पदका उम्मेदवारहरुले आम सभामा आफ्ना मिसन र भिजनबारेमा प्रकाश पारेका थिए ।

सोही कार्यक्रम बोल्दै नेपाल काङ्ग्रेस सुनसरीका सभापति तथा इनरुवा नगरपालिकाका मेयर पदका उम्मेदवार केदार भण्डारीले विपक्षी दलले मुस्लिम समुदायमाथि निराधार हल्ला फिजाएर जातीय सदभाव खलल हुने किसिमका अभिव्यक्ति दिने गरेको प्रति सचेत हुन सबैमा आग्रह गरेका छन् ।‘विपक्षी दलहरूमा पराजित मानसिकता देखिन थालेपछि काङ्ग्रेस मुस्लिम समुदाय विरुद्ध छ भनेर अफवाह फैलाइएको रहेछ’ भण्डारीले भने, ‘यस्ता प्रोपोगण्डामा विश्वास नगरौँ ।’ इनरुवाको स्थानीय तहमा काङ्ग्रेसले मुस्लिम समुदायलाई समेत समेटेर उम्मेदवार बनाएको बताउँदै भण्डारीले काङ्ग्रेस जातीय एकतामा सदैव सम्मान र विश्वास गर्ने पार्टी भएको बताए । 

साथै मेयरका उम्मेदवार भण्डारीले बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा फेरी पनि काङ्ग्रेस इनरुवामा अत्याधिक मत ल्याएर बिजयी हुने बताए । इनरुवामा गठबन्धन नभएपनि काङ्ग्रेस एक्लैले ५ देखि ७ हजारको मत अन्तरले बिजयी हुने भण्डारीले यस्अघि दाबी गरिसकेका छन् । साथै इनरुवालाई कृषि नगरको रुपमा विकास गदै यहाँका कृषकहरूलाई १२ महिनै मल र बीउ उपलब्ध गराउने आफ्नो प्रमुख कार्य योजना रहेको उनले बताए । साथै कृषकहरूलाई आवश्यक सिँचाइको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने आफ्नो योजना रहेको बताउँदै भण्डारीले इनरुवामा सुविधा सम्पन्न नगर अस्पताल र कलेज बनाउने समेत बताए ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.