लौकही । सुनसरीको कोसी गाउँपालीका वडा नम्बर ४ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएको छ । नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका इसराइल मन्सुरी निर्वाचित भएका छन् ।
नेपाली काङ्ग्रेसका उम्मेदवार तजमुल हुसेनलाई ५७ मतले पछि पार्दै कोसी गाउँपालीका वडा नम्बर ४ को अध्यक्षमा मन्सुरी निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । उनी ६९९ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी काङ्ग्रेसका हुसेनले ६४२ मत मात्र प्राप्त गरे । यता वडा सदस्यहरुमा भने नेपाली काङ्ग्रेसका चारैवटा उम्मेदवार विजयी भएका छन् ।








