इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसका उम्मेदवार केदार भण्डारीले अग्रता कायमै राखेका छन् । पछिल्लो प्राप्त जानकारीअनुसार इनरुवा नगरपालिकामा खसेको मतमध्ये १० हजार ७८७ मत गन्दा भण्डारीले ३८५८,नेकपा एमालेका मेयर पदका उम्मेदवार सरोज पोखरेलले २८०० र जनता समाजवादी पार्टी नेपालका मेयर पदका उम्मेदवार दिलीपचन्द्र साहुले १९८४ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरमा समेत नेपाली काङ्ग्रेसकि उम्मेदवार बिनिताकुमारी मेहताले अग्रता कायमै राखेकी छन् । उनले ३९९२ मत ल्याएर अग्रता बनाइरहेकी छन् भने उनलाई नेकपा एमालेकि उम्मेदवार सहजादी प्रवीण आलमले २८७५ ल्याएर पछ्याउँदै छिन् । जसपा नेपालकि उपमेयर पदकि उम्मेदवार भने १६४२ मत ल्याएर तेस्रो स्थानमा छिन् । हाल मतगणना जारी रहेको छ ।








