लौकही । सुनसरीको कोसी गाउँपालीका वडा नम्बर ३ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार विजयी भएको छ । काङ्ग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका सुलेमान मन्सुरी निर्वाचित भएका छन् ।
नेकपा एमालेका उम्मेदवार श्यामसुन्दर सिंहलाई १९ मतले पछि पार्दै कोसी गाउँपालीका वडा नम्बर ३ को अध्यक्षमा मन्सुरी निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । यद्यपि यसबारे औपचारिक घोषणा हुन बाँकी छ ।








