लौकही । सुनसरीको भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ५ को वडा अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयी भएको छ । राप्रपा तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका हबिब मन्सुरी निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्मेदवार बसिर मन्सुरीलाई १४० मतले पछि पार्दै भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ५ को अध्यक्षमा मन्सुरी निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । हबिब मन्सुरीले जम्मा खसेको १९८२ मतमध्ये ३७४ मत ल्याएर निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका बसिर मन्सुरीले मात्र २३४ मत प्राप्त गरे ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








