लौकही । सुनसरीको भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ६ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार विजयी भएको छ । काङ्ग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका सराजुद्दिम अन्सारी प्यानलसहित निर्वाचित भएका छन् ।
नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ६ को अध्यक्षमा अन्सारी निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । यद्यपि यसबारे आधिकारिक पुष्टि हुन बाँकी छ ।








