इनरुवा । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएको छ । नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका बसिरमुद्दिन मन्सुरी निर्वाचित भएका छन् ।
नेपाली काङ्ग्रेसको उम्मेदवारलाई ४४ मतले पछि पार्दै वडा नम्बर ९ को अध्यक्षमा मन्सुरी निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । उनले ११७१ मत ल्याउदै निर्वाचनका भएका हुन ।








