लौकही । सुनसरीको कोसी गाउँपालीका अध्यक्ष पदको लागि मतगणना भइरहदा नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट उम्मेदवार बनेका ऐयुब अन्सारीले अग्रतालाई फराकिलो बनाउदै लगेका छन् । कोसी गाउँपालीका वडा नम्बर १,२,३,४ को मतगणना सम्पन्न हुँदा तथा वडा नम्बर ५ र ६ को मतगणना जारी रहँदा जसपा नेपालका उम्मेदवार देवकृषिको यादव भन्दा उनी ९५३ मतले अग्रता बनाइरहेका छन् । कोसीको पछिल्लो मतपरिणामअनुसार अध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार अन्सारीले ४६३१ मत पाएका छन् भने निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी नेपालका उम्मेदवार यादवले ३६७८ मत ल्याएर उनलाई पछ्याउँदै छन् ।
अन्सारीले वडा नम्बर १ बाट ५२४,वडा नम्बर २ बाट ९६६,वडा नम्बर ३ बाट १११४, वडा नम्बर ४ बाट ९४१ मत पाएका छन् भने मतगणना चलिरहेको वडा नम्बर ५ बाट हालसम्म १८०० मत गन्दा ८८५ मत र वडा नम्बर ६ को १००० मत गन्दा २०२ मत गरी जम्मा ४१३१ मत प्राप्त गर्दै अग्रता फराकिलो बनाउदै लगेका छन् । उनका निकटतम प्रतिद्वन्दी यादवले वडा नम्बर १ बाट १२१६,वडा नम्बर २ बाट ९९३,वडा नम्बर ३ बाट ७१३, वडा नम्बर ४ बाट १३० मत पाएका छन् भने मतगणना चलिरहेको वडा नम्बर ५ बाट हालसम्म १८०० मत गन्दा ३२४ मत र वडा नम्बर ६ को १००० मत गन्दा ३०२ मत गरी जम्मा ३६७८ मत ल्याएर दोस्रो स्थानमा छन् । उपाध्यक्षमा समेत नेपाली काङ्ग्रेसकि उम्मेदवारी अनितादेवी यादवले समेत अग्रता फराकिलो बनाउदै लगेकी छन् । अब वडा नम्बर ५ को ५०० र वडा नम्बर ६ को १६०० को हाराहारीमा मतगणना बाँकी रहेको बुझिएको छ ।