भोक्राहा । भोक्राहा नरसिंह गाउँपालीकाको अध्यक्ष पदको लागि उम्मेदवारी दिएका नेपाली काङ्ग्रेसका अजमल अख्तर आजादले फराकिलो अग्रता यथावत राखेका छन् । १ देखि ७ वडासम्मको मत सम्पन्न हुँदा र वडा ८ को मतगणना जारी रहँदा काङ्ग्रेसका उम्मेदवार अजमल ४६०६ मत ल्याएर अग्रता बनाइरहेका छन् भने नेकपा एमालेका उम्मेदवार महेन्द्रप्रसाद यादवले ३२३१मत ल्याएर उनलाई पछ्याउँदै छन् ।
नेकपा एमाले उम्मेदवार यादव भन्दा नेपाली काङ्ग्रेसका उम्मेदवार अजमल १३७५ मत अगाडि देखिएका छन् । यस्तै २१०१ मत ल्याएर जसपा नेपालका उम्मेदवार महेन्द्र यादव तेस्रो स्थानमा छ् । उपाध्यक्षमा पदमा समेत नेपाली काङ्ग्रेसकि उम्मेदवार सुनिता उराँवले आफ्नो अग्रता कायमै राखेकी छन् ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








