भोक्राहा । भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ८ को वडा अध्यक्ष पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार उसमान अन्सारी निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार हसबुल मन्सुरीलाई १०२ मत अन्तरले पछि पार्दै उनी वडा अध्यक्ष पदमा विजयी भएका छन् ।
अन्सारीले ५९३ भोट ल्याउदै प्यानलसहित निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । उनको निकटतम प्रतिद्वन्दी मन्सुरीले भने ४९१ भोट मात्र प्राप्त गरे ।








