लौकही । कोसी गाउँपालीका वडा नम्बर ६ को वडा अध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार जुडिलाल कोडगीया निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार इन्द्रदेव यादवलाई पछि पार्दै उनी वडा अध्यक्ष पदमा विजयी भएका छन् । जुडिलाल जम्मा खसेको मध्ये ९२५ विमत ल्याउदै प्यानलसहित निर्वाचित भएको बताइएको छ ।
उनको निकटतम प्रतिद्वन्दी एमालेका यादवले भने ७५३ भोट मात्र प्राप्त गरे । यस्तै नेपाली काङ्ग्रेसका उम्मेदवार जयशंकर खड्काले ४१६ मत मात्रा ल्याउदै तेस्रो भए । कोसी हालसम्म १ देखि ६ नम्बर वडासम्मको नतिजा सार्वजनिक हुँदा गाउँपालीका अध्यक्ष पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार ऐयुब अन्सारीले अग्रता कायमै राखेका छन् । हालसम्म उनले ५०४४ मत ल्याउदै आफ्नो अग्रतालाई कायमै राखेका छन् भने ४२०३ मत ल्याएर जसपा नेपालका उम्मेदवार देवकृष्ण यादवले पछ्याउँदै छन । नेकपा एमालेका उम्मेदवार अजय कुशियैत भने हालसम्म २६०४ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।








