इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकको प्रमुख र उपप्रमुख पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । यद्यपि यसबारे आधिकारिक घोषणा भने हुन बाँकी छ ।
पछिल्लो मतपरिणामअनुसार २३०० मतगणना गर्न बाँकी हुँदा नेपाली काङ्ग्रेसको तर्फबाट इनरुवा नगरपालिकाको मेयर पदका उम्मेदवार केदार भण्डारीले १० हजार ३३३ मत ल्याएर अग्रता बनाइरहेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार सरोज पोखरेलले आठहजार ४२९ मत प्राप्त गरेका छन् । यस्तै उपमेयर पदमा नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवारी दिएका बिनिताकुमारी मेहताले १० हजार ८१ मत ल्याउदै अग्रता बनाइरहेका छिन् । यस्तै जनता समाजवादी पार्टी नेपालको तर्फबाट मेयर पदको उम्मेदवार दिलीपचन्द साहुले चारहजार दुईसय ७१ मत पाएका छन् भने उपमेयर पदको उम्मेदवारले दुईहजार सातसय ८७ मत ल्याउदै तेस्रो स्थानमा रहेका छन् ।








