इनरुवा । सुनसरी सदरमुकामस्थित रहेको इनरुवा अस्पतालको व्यवस्थापन र प्रशासनिक कार्यको सुधारमा कर्मचारी मुख्य बाधक भएको गुनासो आएको छ । केही महिना अगाडि सरुवा भई जिल्ला अस्पताल इनरुवा आएका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर देवराज घिमिरे अस्पतालमा सेवा दिन तथा सुधार गर्नका लागि दृढताका साथ लागेपनि त्यसमा कर्मचारी मुख्य बाधक बनेको गुनासो आएको हो । अव्यवस्थित र रेफर दिने अस्पतालको रूपमा चिनिएको इनरुवा अस्पतालको आन्तरिक व्यवस्थापन र प्रशासनिक कार्यको सुधारका लागि घिमिरेले चलाएको अभियानमा कर्मचारीहरु नै उनको बदनाम गराउनका लागि लागि परेको एकजना कर्मचारीले नाम उल्लेख्य नगर्ने शर्तमा बताए ।

जिल्लाको दक्षिण पश्चिम भेगका जनतासँगै गरिब, विपन्न वर्गको मुख्य उपचार हुने अस्पतालको रुपमा रहेको जिल्लाको एक मात्र ठुलो सरकारी अस्पतालमा विगतदेखि कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी लगायत सरोकारवाला निकायहरु विराटनगरमा रहेका निजी क्षेत्रका अस्पतालमा बिरामी पठाउने काममा सक्रिय रहदै आएका थिए । तर, रेफर अस्पतालको रुपमा उपनाम पाएका इनरुवा अस्पतालबाट घिमिरेले कार्यभार सम्हालेदेखि रेफर हुने बिरामीको संख्या न्युन भएपछि निजी अस्पतालबाट रेफर गरे वापतको कमिसन लिदै आएका स्वास्थ्यकर्मी, कर्मचारी र सरोकारवालाहरु नै उनको अभियानमा बाधक बन्दै आएको ति कर्मचारीको दाबी छ ।उपचारका लागि अस्पताल जाने इनरुवा तथा आसपासका क्षेत्रका स्थानीय बिरामीहरुले डाक्टर घिमिरेको सक्रियतामा अस्पतालमा व्यापक रुपमा गरेको सुधारको कामप्रति समर्थन जनाउँदै आएका छन् । अस्पताल भित्र विकृती, विसंगतीलाई प्रश्रय दिने र कामै नगरी तलव खाने कर्मचारी, स्वास्थ्यकर्मीलाई कारवाही गर्न दवाव दिदै उनीहरूले अस्पताल सुधारमा साथ दिएपछि अस्पतालको बाधकका रुपमा रहेकाहरु उनको विरुद्धमा भित्र भित्रै षडयन्त्र गरिरहेको स्थानीयको भनाइ छ । जिल्ला अस्पताल इनरुवामा व्यवस्थित तवरबाट उपचार सेवादिन थालिएपछि उपचार गराउन आउने बिरामीको संख्यामा समेत वृद्धि भएको पाइएको छ ।

विगतमा निजी अस्पतालको कमिसन खादै आएका कर्मचारीहरु डाक्टर घिमिरेले अस्पताल भित्रको बेथिति अन्त्य गर्छु भन्दै सुधार अभियानमा उत्रिएपछि उनी र अस्पतालमा कार्यरत कर्मचारी बिच टकरावको अवस्था देखिने गरेको पाइन्छ । घिमिरेले सेवा प्रवाह र आन्तरिक सुदृढिकरणमा ध्यान दिएको बताइरहँदा उनी माथि कर्मचारीहरुले भने तानाशाहीको आरोप लगाएका छन । घिमिरेले उपलब्ध स्रोत साधनले भ्याएसम्म स्थानीय तवरबाटै उपचार सेवा दिन थालिएको दाबी गरीरहँदा कर्मचारीहरुले भने उनी माथि काम थोपर्ने गरेको र आफूहरु माथि रुखो व्यवहार गर्ने गरेको आरोप लगाएका छन । डाक्टर घिमिरेले अनावश्यक दुःख दिने गरेको बताउने अस्पतालका कर्मचारीहरुले उनको शैलीप्रति असन्तुष्टि जनाउँदै केहीदिनयता उनीहरूले दिने आफ्नो सेवा अवरुद्ध गरेका छन् । यता जिल्ला अस्पताल इनरुवा डाक्टर घिमिरे भने कार्यालय समयमा पोसाकमा कर्मचारी उपस्थित नभई आफुखुशी गर्ने, तोकिएको जिम्मेबारी वहन नगर्नेहरु गुटबन्दीमा जुटेको दाबी गर्छन् । भद्रगोल अवस्थाका रहेको जिल्ला अस्पताल सुधारमा आफू केन्द्रित भएपनि आन्तरिक र सीमित व्यक्तिको स्वार्थका कारण काम गर्न समस्या भएको उनले गुनासो गरे । आफूले राम्रो गर्न खोज्दा स्वयं अस्पतालभित्रैका कर्मचारीबाट असहयोग भएको डाक्टर घिमिरेको दाबी छ ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








