भोक्राहा । भोक्राहा नरसिंह गाउँ कार्यपालिका सदस्यमा नेपाली काङ्ग्रेसको प्यानल निर्वाचित भएका छन् । भोक्राहा नरसिंह गाउँ कार्य पालिकाका सदस्य पदमा नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवारी दिएका ६ वटै उम्मेदवार विजयी भएका छन् ।
नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट कार्य पालीका सदस्यमा निर्वाचित हुनेहरूमा धर्मनाथ भगत,रामेश्वर खत्वे,विमलादेवी मोची,राधा कुमारी उराँव जरिना प्रविन र कमला परियार रहेका छन् । गाउँ कार्यपालिकामा अध्यक्ष, उपाध्यक्ष र प्रत्येक वडाबाट एक/एक जना वडाध्यक्ष रहने व्यवस्था छ । यसबाहेक गाउँ सभाका सदस्यमध्येबाट चार महिला र अन्य दुई दलित वा अल्पसंख्यक समुदायबाट कार्यपालिका सदस्यमा निर्वाचित हुने व्यवस्था गरेको छ ।








