लौकही । कोसी गाउँपालिकाको कार्यपालिका सदस्य पदमा नेपाली काङ्ग्रेसका उमेदवार निर्विरोध निर्वाचित भएका छन । कार्यपालिका सदस्य पदको निर्वाचनमा काङ्ग्रेसको तर्फबाट मात्रै उमेदवारी परेका कारण कार्यपालिका महिला सदस्य निर्विरोध निर्वाचित भएका हुन । महिलातर्फ कार्यपालिका सदस्यमा काङ्ग्रेसको तर्फबाट चार जना महिलाको उम्मेदवारी मात्रै उमेदवारी परेको हुँदा उनीहरू निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालय कोसी गाउँपालीकाले जनाएको छ ।
४ जना कार्यपालिका सदस्यमा सरितादेवी मण्डल, ज्ञानु खतिवडा, शोभाकुमारी मेहता र नसिरन खातुन निर्विरोध निर्वाचित भएका हुन भने दुई जना दलित तथा अल्पसंख्यक सदस्यमा भने जेष्ठ २० गते निर्वाचन हुनेछ । यसैबीच रित्तपूर्वक उम्मेदवारी नपुगेको भन्दै दलित वा अल्पसंख्यक कोटाबाट मनोनयन दर्ता गराएकी बुलन्तीदेवी सदाको उम्मेदवारी खारिज गरिएको छ । नेपाली काङ्ग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित २६ जना निर्वाचित भएका छन भने जनता समाजवादी पार्टी नेपालका तर्फबाट दुई वडा अध्यक्ष सहित १०,नेकपा माओवादी केन्द्रका तर्फबाट एकजना वडा अध्यक्षसहित पाँचजना र एकजना नेकपा एमालेका वडा अध्यक्ष निर्वाचित भएका छन ।








