लौकही । भोक्राहा नरसिंह गाउँपालीकाका अध्यक्ष अजमल अख्तर आजादले आफ्नो सचिवालय बिस्तार गरेका छन् । सोही क्रममा उनले आफ्नो स्वकीय सचिवमा सोहेल अख्तर अन्सारीलाई नियुक्त गरेका हुन् । आजाद गाउँपालीका अध्यक्ष हुनुभन्दा अघि पनि अन्सारी उनको विश्वासपात्र भएर काम गर्दै आएका थिए ।
गाउँपालीका अध्यक्षको स्वकीय सचिवमा नियुक्त भएका अन्सारी नेपाली काङ्ग्रेसको सक्रिय राजनीतिमा लागेका व्यक्ति हुन । भोक्राहा नरसिंह गाउँपालीका अध्यक्ष आजादको स्वकीय सचिव पदमा नियुक्त भएका अन्सारीले आफूमाथि गरिएको विश्वास कायम राख्दै सर्वसाधारण जनताको हितहुने कार्यमा आफू कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । गाउँपालीका अध्यक्ष आजादलगायतका जनप्रतिनिधिहरुले विश्वास गरेर स्वकीय सचिवमा नियुक्त गरेसँगै आफूमाथि थप जिम्मेवार बढेको उनले बताए ।