लौकही । सुनसरीको भोक्राहा नरसिंह गाउँपालीकामा हेल्प डेस्क संचालनमा आएको छ । गाउँपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएपछि नयाँ योजनाका साथ नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने कार्यत्रम अन्तर्गत हेल्प डेस्क संचालनमा ल्याइएको बताइएको छ । नागरिकलाई निशुल्क सेवा प्रभाव गर्ने उदेश्यले हेल्प डेस्क संचालनमा ल्याएको भोक्राहा नरसिंह गाउँपालीकाका अध्यक्ष अजमल अख्तर आजादले जानकारी दिए ।

उनको पहलमा भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर १, २ र ७ मा हेल्प डेक्स संचालनमा ल्याइएको छ । गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले आफूले निर्वाचनमा भोट माग्न जादाँ गरेको प्रतिबद्धता अनुसारको कामलाई अगाडि बढाएको बताए । सोही क्रममा पहिलो चरणमा तीनवटा वडामा हेल्प डेस्क संचालनमा आएको हो ।हेल्प डेक्सबाट कम्प्युटर टाईपिंग, प्रिन्टिंग, स्कानिंग, ईमेल, ईन्टरनेट, निवेदन लेख्ने तथा विभिन्न फारामहरु भर्ने लगायतका सुविधाहरु सेवाग्राहीहरुलाई निःशुल्क दिइने गाउँपालिका अध्यक्ष आजादको भनाइ छ । सबै सेवाग्राहीलाई पैसा नुहुने र पढेलेखेका समेत नभएकाले सेवामा झन्झटिलो हुने गरेको बताउदै गाउँपालीका अध्यक्ष आजादले छिटोछरितो सेवा नपाएको विगतको गुनासोलाई सम्बोधन गर्नका लागि पदभार ग्रहण गरेको दोस्रो हप्तामै नागरिकलाई निशुल्क सेवा प्रभाव गर्ने उद्देश्यले हेल्प डेस्क संचालनमा ल्याएको बताए ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








