लौकही । कोसी गाउँपालीकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ । कोसी गाउँपालीका वडा नम्बर ३ अवस्थित रहेको राष्ट्रिय माध्यमिक बिद्यालय शोभनपुर प्राविधिक धार सिभिल इन्जिनियरिङले एक कार्यक्रमका बीच कोसी गाउँपालीका नवनिर्वाचित अध्यक्ष ऐयुब अन्सारी,उपाध्यक्ष अनितादेवी यादव,वडा नम्बर ३ का वडा अध्यक्ष सुलेमान मन्सुरीसहित कार्यपालीका सदस्य,वडा सदस्य,कर्मचारीहरुलाई गम्छा र सम्मानपत्र सहित सम्मानित गरेको बिद्यालयका प्रअ हरेकृष्ण राउतले जानकारी दिए ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले आफूले अघिल्लो कार्यकालमा गरेको विकास निर्माणकार्यबाट प्रभावित भएर पुनः गाउँपालीका अध्यक्षमा निर्वाचित गराएको हुँदा आफूमाथि थप जिम्मेवारी बढेको बताए । आफू हरदम र हरपल जनताको मर्म र भावनाअनुसार विकास निर्माणकार्य गर्दै आएको बताउदै उनले भावी दिनमा शिक्षा क्षेत्र सुधार गर्न थप योजना बनाउने गृहकार्यमा आफू केन्द्रित भएको बताए । राष्ट्रिय मावि सोभनपुरमा प्राविधिक शिक्षा लागू गर्नुका साथै करोडौं बजेट ल्याएर शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न प्रयास गर्दै आएको अध्यक्ष अन्सारीको भनाइ छ । गरिब तथा विपन्न समुदायका विद्यार्थीहरुलाई बिद्यालय आवतजावत गर्न समस्या हुने गरेको गुनासो आफू कहाँ आउने गरेको बताउदै उनले उक्त समस्या चाडैं समाधान गरिने विश्वास व्यक्त गरे । गाउँपालीकाले शिक्षा क्षेत्रमा करोडौंको रकम खर्च गर्दै शिक्षा क्षेत्र सुधार गर्दै सचेत र सजग विद्यार्थी उत्पादन गर्ने अभियानमा अभिभावकस्तरबाट थप सहयोगको अपेक्षा अध्यक्ष अन्सारीले राखेका छन् ।

नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान कार्यक्रम कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्य तथा राष्ट्रिय माध्यमिक बिद्यालय शोभनपुर प्राविधिक धार सिभिल इन्जिनियरिङका प्रअ हरेकृष्ण राउतको अध्यक्षतामा सम्पन्न भएको थियो । सोही अवसर बिद्यालयले तयार पारेको वार्षिक क्यालेन्डर समेत विमोचन गरिएको छ । उक्त कार्यक्रममा कोसी गाउँपालीकाका नायब सुब्बा राजकिशोर मेहता,धर्मेन्द्र विश्वास समेतलाई बिद्यालयले सम्मान गरेको थियो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








