हरिपुर । सुनसरीको कोसी गाउँपालीका ७ स्थित हरिपुरका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । कोसी गाउँपालीका वडा नम्बर ७ स्थित हरिपुरमा आगलागी हुँदा स्थानीय बिन्देश्वरी यादब र जगदीश यादवको घर क्षति पुगेको थियो । भीषण आगलागीहुँदा उनीहरूको तीनवटा घरमा रहेको सम्पूर्ण सामाग्री जलेर नष्ट भएको थियो ।

पीडित परिवार लाई कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीको निर्देशनमा राहत वितरण गरिएको हो । पीडित परिवारलाई चामल,दाल,त्रिपाललगायतका खाद्यान्न सामाग्री वितरण गरिएको हो । उनीहरूलाई कोसी गाउँपालीकाकि उपाध्यक्ष अनितादेवी यादव,वडा नम्बर ७ का वडा अध्यक्ष लालदेव सदा,गाउँकार्यपालिका सदस्य राजकुमार साहलगायतले राहत सामाग्री वितरण गरेका थिए ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








